डीपीएल भिडन्त : काठमाडौंको तेस्रो जित
सारांश
- धनगढी, २१ चैत ।
- रुस्लान धनगढी प्रिमियर लिग दुईमा काठमाडौले लगातार तेस्रो जित हात पारेको छ ।
- काठमाडौंले बुधबार भएको खेलमा सिवाइसी अत्तरियालाई ११ रनले पराजित गर्दै तेस्रो जित हात पारेको हो ।
धनगढी, २१ चैत । रुस्लान धनगढी प्रिमियर लिग दुईमा काठमाडौले लगातार तेस्रो जित हात पारेको छ । काठमाडौंले बुधबार भएको खेलमा सिवाइसी अत्तरियालाई ११ रनले पराजित गर्दै तेस्रो जित हात पारेको हो ।
१ सय ३८ रनको लक्ष्य पछ्याएको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रनमात्रै बनाउन सक्यो । अत्तरियाका गौरव चितकाराले ३६ रन जोडे । २६ बलको सामना गरेका उनले १ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै विपिन चन्द्रा २६ रनमा नटआउट रहे ।
त्यसअघि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेपछि काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । ज्ञानन्दले ४३ बलको सामना गर्दै ५७ रन जोडेका थिए । सो क्रममा उनले ३ छक्का र ४ चौका प्रहार गरे ।
यस्तै, काठमाडौंका नरेश बुढाऐरले २७ रन जोडे । १७ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । रासिद खानले अन्त्यतिर ९ बलमा १६ रनको पारी खेल्दै टोलीलाई सो स्कोरमा पुर्याएका थिए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
अत्तरियाका शिभांकर उराँवले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १९ रन खर्चे। यस्तै कृष्ण कार्की र विपिन चन्द्राले २–२ विकेट लिए ।
प्रतिक्रिया