पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

सारांश

  • काठमाडौँ, १० मङ्सिर, जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
  • यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् ।
  • सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा आज कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो ।

काठमाडौँ, १० मङ्सिर, जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् ।

सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा आज कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

कोषले यो अभियानअन्तर्गत यसअघि नै २०० बिरुवा रोपिएको जनाएको छ । एक वर्षमा पाँच हजार वृक्षरोपण सम्पन्न गर्ने कोषको लक्ष्य छ ।

कार्यक्रममा कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन पाँच हजार वृक्षरोपण अभियान शुरु गरिएको बताउनुभयो । पशुपति क्षेत्रमा आउने धार्मिक पर्यटक घुमाई अवधि लम्ब्याउन यहाँको वातावरणमा सुधार गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बंैकका अध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङले सामाजिक उत्तरदायित्वको कामअन्तर्गत पशुपति क्षेत्रमा बिरुवा रोपिएको बताउनुभयो । पशुपति क्षेत्रका वनकाली, भण्डारखाल, कैलाशडाँडा, मृगस्थली, किरातेश्वरलगायतका खाली स्थानमा बिरुवा रोपिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
सिंहदरवार गेटमा सुरक्षा कडाइ, आजदेखि ग्यासका सिलिण्डर सिहदरवार भित्र लैजान रोक
सिंहदरवार गेटमा सुरक्षा कडाइ, आजदेखि ग्यासका सिलिण्डर सिहदरवार भित्र लैजान रोक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षकलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ
फोरम सत्तामा जाने भएपछि यि मन्त्रीको पद धरापमा !
सिटिजन्स बैंकका ग्राहकलाई होटल एम्बासडरमा विशेष छुट
सिटिजन्स बैंकका ग्राहकलाई होटल एम्बासडरमा विशेष छुट
बंगलादेशलाई हराउँदै भारत विश्व कप क्रिकेटको सेमिफाइनलमा
बंगलादेशलाई हराउँदै भारत विश्व कप क्रिकेटको सेमिफाइनलमा
यस्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी प्रचार अभियान
अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै
अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै
रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य
रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य
सुर्खेत २ मा एमालेका नवराज रावत विजयी
सुर्खेत २ मा एमालेका नवराज रावत विजयी

तपाईंले छुटाउनुभयो कि?