अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै
सारांश
- वल्ड यु.
- एस.
- ए.
वल्ड यु.एस.ए. इन्कको आयोजनामा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सांगीतिक अवार्ड गरिने भएको छ । वल्ड यु.एस.ए. नेपाल म्यूजिक अवार्ड २०१९ को नाममा आयोजना हुन लागेको अवार्डमा १३ विधामा प्रतिष्पर्धा हुनेछ । शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै अवार्डको विषयमा जानकारी दिइएको हो ।
न्यूयोर्कमा २०१७ अमेरिकी सरकारको कर कार्यालय र कम्पनी रजिष्टर कार्यालयमा दर्ता भएको वल्र्ड यु.एस.ए. इन्कले अवार्ड मार्फत नेपाली संगीतको प्रवद्र्धन र अन्तराष्ट्रिय मार्केटको खोजी समेत गरिने जनाएको छ । पछिल्लो समय विभिन्न मूलुकमा पुगेका नेपाली समुदायको दोस्रो पूस्ता नेपाली कलासंस्कृति र भाषा भुलिरहेको परिप्रेक्ष्यमा यस्ता अवार्ड कार्यक्रमहरुले आफ्नो भाषा, संस्कृति र गीत संगीतको संरक्षणमा योगदान दिन सक्ने आयोजक संस्थाका अध्यक्ष आङ गेलु शेर्पाले बताए ।
अवार्डमा विश्वभरी रहेका नेपाली कलाकार र तीनका सिर्जनाले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका महासचिव सुमन बुढा मगरले जानकारी दिए ।
अवार्डका विधाहरु
१.उत्कृष्ट पाश्र्व गीत : पुरुष र महिला
२.भाषा–भाषीका चलचित्र गीत : पुरुष र महिला
३.आधुनिक गीत : पुरुष र महिला
४.लोकदोहोरी गीत : पुरुष र महिला
५.लोकगीत : पुरुष र महिला
६.गीतकार
७.संगीतकार
८.म्यूजिक भिडियो निर्देशक
९.संगीत संयोजक
१०.लोपोन्मुख गीत
११.पप गीत : पुरुष र महिला
१२.लोक गीत लय संकलक
१३.म्यूजिक भिडियो मोडल : पुरुष र महिला

अवार्डमा कसरी सहभागिता जनाउने ?
हाम्रो यो अवार्ड कार्यक्रममा अनलाइन र प्रत्यक्ष फर्म भरेर सहभागिता जनाउन सकिनेछ । फर्म जुन २१ बाट अगष्टको ३० सम्म संसारभरी बाट दर्ता गराउन सकिनेछ । अगष्ट ३० पश्चात कुनै पनि फर्म दर्ता लिइने छैन । अवार्डमा सहभागि हुने गीतहरु १ जनवरी २०१८ देखि ३० अगष्ट २०१९ भित्र सार्वजनिक भएको हुनु पर्नेछ । सेप्टेप्बर १ बाट सेप्टेम्बर १५ सम्म ५ जना राष्ट्रिय अग्रज कलाकार जुरी छनौट गरिनेछ । जुरीमा नेपालबाट ३ जना र अमेरिकाबाट २ जना रहनेछन् ।
नेपाल सहित विश्वभरिबाट दर्ता भएका प्रतिभाहरुबाट उत्कृष्ट १० छनौट तल दिइएका विभिन्न संघसंस्थाका अध्यक्षहरुमार्फत गरिनेछ ।
१) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान (अध्यक्ष)
२) नेपाल चलचित्र कलाकार संघ (अध्यक्ष)
३) नेपाल गीतकार संघ (अध्यक्ष)
४) नेपाल बाद्य बादन संघ (अध्यक्ष)
५) नेपाल संगीतकार संघ (अध्यक्ष)
६) आदिवासी चलचित्र कलाकार संघ (अध्यक्ष)
७) नेपाल प्रस्तोता समाज (अध्यक्ष)
८) नेपाली अमेरिकन कलाकार संघ (अध्यक्ष)
९) अन्तराष्ट्रिय कलाकार मञ्च (दिवस) (अध्यक्ष)
१०) अन्तराष्ट्रिय साहित्यकार संघ (अध्यक्ष)
११) नेपाल म्युजिक भिडियो कलाकार संघ
नेपालमा रहेका गीत संगीतसँग सम्बन्धित यीनै विभिन्न संस्थाका अध्यक्षहरुले पहिलो चरणको निर्णायकको रुपमा हरेक विधाबाट उत्कृष्ट १० छनौट गर्नेछन् ।
सेप्टेम्बर २९ बाट संसार भरीबाट भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरुलाई जुरीको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष मतबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत जोडी १०० प्रतिशतमा उत्कृष्ट ३ हरेक विद्या बाट चुनिनेछ ।
अवार्डका लागि विभिन्न देशमा रहेका संयोजकहरु
१ उमा गिरी, कमल राई ( भारत)
२ रोजÞ मोक्तान (नेपाल )
३ टूपेन रानामगर (हङकङ)
४ सूमि घिमिरे सापकोटा( स्पेन)
५ नेत्र मगर ( बेल्जियम )
६ रोशन श्रेस्ठ ( जर्मन )
७ किशोर थापा ( क्यानाड़ा)
८ सुबास मगर ( पोर्चुगल)
९. बिनिता लामिछाने ( हल्यान्ड)
१०. सीपी थापा ( दक्षिण कोरिया )
११. मिलन थापा ( जापान )
१२. देविका केसी ( कÞतार)
१३. सुन्दर आले ( मलेशिया)
१४. अनिता थापा (बेलायत)
१५. इन्दिरा रोका ( अस्ट्रलिया )
प्रतिक्रिया