झुठो समाचार लेखेको भन्दै सम्पादक पक्राउ
सारांश
- काठमाडौं ।
- लेखिएको समाचार झुठो भएको भन्दै पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
- झुठो समाचार लेखिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई मनमैजुबाट पक्राउ गरेको हो ।
काठमाडौं । लेखिएको समाचार झुठो भएको भन्दै पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरेको छ । झुठो समाचार लेखिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई मनमैजुबाट पक्राउ गरेको हो ।
मंसिर ८ गते नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएका थिए । उनी चितवन रहेको बेला त्यस अनलाईनले दाहालमाथि स्थानीयले खुकुरी प्रहारको प्रयास भन्ने शीर्षकमा समाचार राखेको थियो ।
समाचार झुठो लेखिएको भन्दै उनलाई पक्राउ गरिएको बताइएको छ । चन्दविरुद्ध कुनै उजुरी भने परेको थिएन । महाशाखाको नियमित मोनिटरिङ गरेर समाचार भ्रमपूर्ण भएको प्रमाणका आधारमा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया