शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’

सारांश

  • काठमाडौं ।
  • धार्मिक सम्मेलन भन्दै नेपालमा निकै विरोधका बीच भएको एशिया प्रशान्त शिखर सम्मेलनले सबै जातजाति, समुदाय, धर्म, संस्कृतिको प्रवद्र्धन र विश्व शान्ति स्थापनाका लागि आपसी सद्भाव, सम्मान, सहिष्णुता तथा सहकार्यको भूमिका आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
  • विश्व शान्ति र मानवताका लागि सबै धर्म समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।

काठमाडौं । धार्मिक सम्मेलन भन्दै नेपालमा निकै विरोधका बीच भएको एशिया प्रशान्त शिखर सम्मेलनले सबै जातजाति, समुदाय, धर्म, संस्कृतिको प्रवद्र्धन र विश्व शान्ति स्थापनाका लागि आपसी सद्भाव, सम्मान, सहिष्णुता तथा सहकार्यको भूमिका आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

विश्व शान्ति र मानवताका लागि सबै धर्म समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । हिन्दू, बुद्धिष्ट, क्रिश्चियन, इश्लाम, ज्यूज, सिख, जैन, बहाईलगायतका धर्मबीचको सहकार्य मात्र पर्याप्त नभएकाले सरकार, नागरिक समाज, निजी क्षेत्र, साझेदार निकाय सँगसँगै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

“हाम्रा महान् परम्परा र धर्म मानवताको सबैभन्दा उत्तम निधि हुन्, मानवताले नै अँध्यारोबाट उज्यालोतर्फ डो¥याउनसक्ने भएकाले नैतिकवान र असल समाजको जग बसाउन सबै मानव जाति एकताबद्ध हुनुपर्दछ” सम्मेलनका क्रममा जारी गरिएको संकल्पमा भनिएको छ,

विद्यमान चुनौतीपूर्ण अवस्था, विभाजित मानसिकता, गरीबी, भोकमरी, अन्याय, वातावरणीय विनाश, पारिवारिक विच्छेद, भ्रष्टाचार, द्वन्द्व र हिंसालाई घटाउन धार्मिक जागरण, आपसी सद्भावको प्रवद्र्धन, सम्मान, सहकार्य र सहयोग नै प्रभावकारी हुने निचोड पनि सम्मेलनले निकालेको छ ।

यसअघि एशिया प्रशान्त क्षेत्रका नागरिक अगुवा एवं धार्मिक नेताहरुले छलफलमा भाग लिँदै आध्यात्मिक चेतनाको वृद्धि नभएसम्म शान्ति र समृद्धि उचाई प्राप्त गर्न कठिन हुने धारणा व्यक्त गरेका थिए ।

सबै धर्मले आपसी विश्वास, सहकार्य र मानवतावादी दृष्टिकोणबाटै शान्ति प्राप्त गर्न सकिने वर्णन गरेकाले त्यसका लागि शान्ति प्रवद्र्धनमा योगदान दिन उपस्थितले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…
जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…
काङ्ग्रेसको जागरण अभियान समापन हुँदै
काङ्ग्रेसको जागरण अभियान समापन हुँदै
शिवचन्द्रले यादवसँग मतान्तर घटाउँदै
शिवचन्द्रले यादवसँग मतान्तर घटाउँदै
श्रीलंकामा अनुहार छोपिने पहिरहन लगाउन प्रतिबन्ध
श्रीलंकामा अनुहार छोपिने पहिरहन लगाउन प्रतिबन्ध
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै
आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै