शिवचन्द्रले यादवसँग मतान्तर घटाउँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
५१ पटक हेरिएको
Shares
शिवचन्द्रले यादवसँग मतान्तर घटाउँदै

सारांश

  • काठमाडौं ।
  • बाराको क्षेत्र नं.
  • २ मा जारी मतगणनामा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले मतान्तर घटाएका छन् ।

काठमाडौं । बाराको क्षेत्र नं. २ मा जारी मतगणनामा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले मतान्तर घटाएका छन् । कुशवाहाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको मतान्तर घटाएका हुन् ।

यसअघि साढे पाँचहजार भन्दा बढी मतले पछि परेका कुशवाहले १ हजारले मतान्तर घटाएका छन् । १४ हजार १७४ मतसहित कुशवाह दोस्रोमा रहेका छन् भने तेस्रोमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ५१४ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ४ हजार ३२२ मत रहेको छ ।

यसअघिको अपडेटअनुसार जसपाका उपेन्द्र ले १८ हजार ९६ मत प्राप्त गर्दा कुशवाहको मत १३ हजार ८३ मत थियो ।

त्यसपछि भएको गणनामा उपेन्द्रले ४७८ मत प्राप्त गर्दा कुशवाहले १ हजार ९६ मत पाएका छन् ।

(https://editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?