फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दैः घटेन पेट्रोलको मुल्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दैः घटेन पेट्रोलको मुल्य

सारांश

  • फ्रान्स, १६ मंसिर ।
  • फ्रान्समा पेट्रोलियम पदार्थको मुल्यबृद्धिपछि चर्किएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।
  • पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७ जना सुरक्षाकर्मीसहित कम्तिमा १ सय १० जना घाइते भएका छन् ।

फ्रान्स, १६ मंसिर । फ्रान्समा पेट्रोलियम पदार्थको मुल्यबृद्धिपछि चर्किएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७ जना सुरक्षाकर्मीसहित कम्तिमा १ सय १० जना घाइते भएका छन् ।

प्रहरीले २ सय ७० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । फ्रान्समा डिजेलको मुल्य पछिल्लो १२ महिनामा २३ प्रतिशतले बृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य उतारचढाप भइरहँदा पनि फ्रान्समा भने लगातार मुल्य बृद्धि भइरहेको भन्दै प्रर्दशन गरिएको हो ।

राष्ट्रपति इमान्यूयल म्याक्रोनले हाइड्रोकार्बनमा कर बढाएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो । राष्ट्रपति म्याक्रोनले भने पेरिसमा भएको प्रदर्शन अनुचित भएको बताएका छन् ।

मूल्यवृद्धिको विरोधमा यस अघि गत नोभेम्बर १७ मा देशभर प्रदर्शन भएको थियो । प्रदर्शन चर्किंदै गएपछि सामाजिक सञ्जालहरुमा राष्ट्रपति म्याक्रोनको आर्थिक नीतिको आलोचना बढ्दै जाँदा प्रदर्शन पनि तिव्र बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पा प्रदेशस्तरीय महोत्सव फागुन ३ देखि
पाल्पा प्रदेशस्तरीय महोत्सव फागुन ३ देखि
छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छ : प्रचण्ड
छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छ : प्रचण्ड
भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार
भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
पूर्ण घर्तीको जीवनयात्रा : नेपालकै पहिलो जनसरकार प्रमुखदेखि सभामुखसम्म
पूर्ण घर्तीको जीवनयात्रा : नेपालकै पहिलो जनसरकार प्रमुखदेखि सभामुखसम्म
बलात्कारका घटना बढ्न गएकाले यस्तो रणनीति तयार गरिँदै
बलात्कारका घटना बढ्न गएकाले यस्तो रणनीति तयार गरिँदै
प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान
प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
चैत १३ गतेको राशिफल हेर्नुस्
राेमाञ्चक खेलमा नेपालकाे जित, राेहित बने नाएक !
राेमाञ्चक खेलमा नेपालकाे जित, राेहित बने नाएक !

तपाईंले छुटाउनुभयो कि?