सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
४४ पटक हेरिएको
Shares
सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर

सारांश

  • गगनशीला खड्का २०७२ असोज ३ गते संविधानसभा बाट संविधान बनाउने नेपाली जनताको ६ दशक पुरानो सपना पूरा भएसंगै सबैले पूर्ण अधिकार सम्पन्न भएको महसुस गरे ।
  • लामो शसस्त्र युद्ध र जनआन्दोलनको बलले बनेको सोही संविधानले २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनमा महिला प्रतिनिधीत्वलाई सुनिश्चित गर्दै स्थानीय तह निर्वाचन भयो ।
  • ति निर्वाचनहरुमा महिलाहरुले मतदाताको मन जितेर जनप्रतिनिधीको भूमिकामा आएका छन् ।

गगनशीला खड्का

२०७२ असोज ३ गते संविधानसभा बाट संविधान बनाउने नेपाली जनताको ६ दशक पुरानो सपना पूरा भएसंगै सबैले पूर्ण अधिकार सम्पन्न भएको महसुस गरे । लामो शसस्त्र युद्ध र जनआन्दोलनको बलले बनेको सोही संविधानले २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनमा महिला प्रतिनिधीत्वलाई सुनिश्चित गर्दै स्थानीय तह निर्वाचन भयो । ति निर्वाचनहरुमा महिलाहरुले मतदाताको मन जितेर जनप्रतिनिधीको भूमिकामा आएका छन् । तर ईतिहासमै पहिलोपटक सिँहदरबारका अधिकार गाउँ गाउँमा पुगेपछि धेरैलाई एउटा विषयको अभाव खड्कियो । त्यो के भने महिला नेतृत्वका खुसी, चुनौती आदिका विषयले सञ्चार माध्यममा पर्याप्त स्थान पाएनन् । त्यसपछि प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन भयो, प्रत्ययक्षमा महिला सहभागिता कम भयो भनेर चौतर्फी आलोचना भयो । तर सञ्चार माध्यममा यो बिषयले खासै स्थान पाउन सकेन ।

यसको एउटै मात्र कारण हो सञ्चार क्षेत्रमा लैगिक समानता हुन नसक्नु अर्थात महिला सहभागिता कम हुनु । समाचार बनाउने पत्रकारमा पुरुष आधिक्य छ, समाचारको अन्तर्वस्तुमा विचार दिने वा बहसमा भाग लिने वा चर्चा गरिने बहमुत पुरुष छ ।

अहिले पनि बेलाबेलामा विभिन्न क्षेत्र र समुदायको हकहितका लागि काम गरीरहेका महिलाहरुले गुनासो गरिरहेका हुन्छन् । सञ्चार माध्यमले महिलाका बिषयलाई कम प्राथमिकता दियो,यसको कारण मिडियामा महिलाको सहभागिता कम हुनु हो । सञ्चार क्षेत्रमा क्रियाशिल महिला भएपनि निर्णायक तहमा उनीहरु नहुनु पनि यसको अर्को कारण हो । त्यसैले पनि सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढ्न सक्यो भनेमात्र लैगिक रुपमा समान सहभागिता हुन्छ ।

महिला पत्रकारहरुको संस्था सञ्चारिका समूहले सन् २०१६ मा गरेको अध्ययन अनुसार, पत्रकारितामा अहिले २५.३ प्रतिशत महिला सहभागिता छ । नेपाल पत्रकार महासंघको सदस्यको आधारमा हेर्दा १५ प्रतिशत महिला मिडियामा छन् । नेपाल पत्रकार महासंघमा १३ हजार ४० पुरुष र दुई हजार तीन सय ६० महिला पत्रकार सदस्य छन् । यो तथ्याकले पनि बताउछ कि पुरुष पत्रकारको तुलनामा महिलाको सहभागिता ज्यादै न्युन छ । अझ त्यसमा पनि पत्रकार महासंघको सदस्य भएका तर कार्यक्षेत्रमा नरहेका महिलाहरुको संख्या उत्तिकै छ । देशभरीका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघकै नेतृत्वको बिषयमा भन्नुपर्दा पनि अहिलेसम्म पत्रकार महिलाले नेतृत्व लिने अवसर प्राप्त गर्न सकेका छैनन् । प्रत्यक्ष निर्वाचन मार्फत पत्रकार महासघको नेतृत्वमा पत्रकार महिलाहरु आउन खोजेपनि विभिन्न बाहनामा पाखा लगाउने प्रवृतिका कारण नेतृत्वमा पुग्न नसकेको कहि कतैबाट लुक्न सकेको छैन ।

संख्यात्मक हिसाबले पत्रकार महिलाको बृद्धीभएपनि गुणात्मक हिसाबले त्यसो हुन सकेको छैन । पछिल्लो समय बर्षौ सम्म काम गरेका पत्रकार महिलाहरु सञ्चारगृहमा कार्यरत छन् । तर उनीहरुलाई विश्वास गरेर जिम्मेवारी दिन मिडिया हाउसहरु हिचकिचाउछन् । संविधानले नै राज्यका हरेक निकाय र तहमा महिलाको सहभागिताको ग्यारेन्टी गरेको समयमा पनि राज्यकै सञ्चार माध्यममा महिलाको सहभागिता सुनिश्चित गरे बमोजिम छैन । सरकारी सञ्चार माध्यममा पत्रकार महिलाहरु अल्पकालिन रुपमा निर्णायक तहमा पुगेपनि दिर्घकालिन रुपमा त्यस्तो जिम्मेवारीमा पुग्न सकिरहेका छैनन् । महिला भएकै कारण जिम्मेवारीबाट पन्छाउने काम भइरहेको हुन्छ । लैंगिक संवेदनशील मिडिया बनाउनका लागि मिडिया सम्बन्धित संघसंस्थाहरूमा सदस्य, कर्मचारी वा निर्णय प्रक्रियामा महिला–पुरुष प्रतिनिधित्व, मिडिया संस्थाभित्र महिला र पुरुषलाई समान तथा तिनका विशेष आवश्यकतालाई सम्बोधन गर्ने किसिमको काम गर्ने वातावरण, मिडियासम्बन्धी अध्ययन अध्यापन गराइने संस्थामा महिला र पुरुषको सहभागिता, पाठ्यक्रमहरूमा लैंगिक संवेदनशीलता र मिडियाका अन्तर्वस्तुमा महिला र पुरुषको समान सम्मानपूर्ण चित्रण जस्ता पक्षको सम्बोधन हुनुपर्दछ । नीजि रूपमा पत्रकारहरूले मिडिया सामग्री वा अन्तर्वस्तुद्वारा फैलने सन्देशहरूको दृष्टिकोण, पूर्वाग्रह र सामाजिकीकरणका सम्बन्धमा सचेत हुन जरुरी छ । साथै उनीहरूसँग सवालहरू र तथ्यांकहरूलाई लैंगिक दृष्टिकोणबाट विश्लेषण र समाहित गर्ने सीप हुनुपर्दछ ।

वर्तमान स्थितिमा मिडियाको नीतिनिर्माण प्रक्रिया र जनशक्तिमा महिला–पुरुष अनुपात अत्यन्त असमान र भेदभावपूर्ण छ । विश्वभर सञ्चार गृहहरूको नीतिनिर्माण तहमा महिला अत्यन्त कम संख्यामा छन् ।

नेपाली सञ्चार गृहमा महिलाको सहभागिता सन्तोषजनक रुपमा भएपनि निर्णायक तहमा हुन नसक्नु दुखद पक्ष हो । ब्रोडसिटमा प्रकाशित दैनिक पत्रिका,नेटवर्किङ्ग रेडियो,टेलिभिजनमा पत्रकार महिलाहरु एकाध बाहेक सम्पादक,प्रधानसम्पादक भएर काम गरेको देखिदैन । पत्रकार महिलाहरुलाई अधिकांश महिलाकै बिट हेर्न जिम्मेवारी दिने र उनीहरुले गरेको रिपोटिङ्गमा सम्पादकले चित्त नबुझाउने समस्या पनि पत्रकार महिलाहरुले सुनाउने गर्छन । त्यसैले सञ्चार क्षेत्रमा महिलाको संख्या बृद्धी गर्दे गुणात्मक रुपमा पनि उनीहरुलाई प्रशिक्षणका माध्यमबाट अल्बल बनाउन सकियो भने मात्र लैगिक हिसाबले समानता कायम गर्न सकिन्छ । सञ्चार क्षेत्रमा लैगिक समानताको कुरा गरिरहदा अर्को महत्वपुर्ण पक्ष भनेको आर्थिक पक्ष पनि हो । निर्णायक तहमा पत्रकार महिलाहरुको संख्या जति कम छ,त्यत्तिकै रुपमा काम गरे अनुसारको पारिश्रमिक नपाउने समस्या पनि रहेको छ । बिषेश गरी भन्नुपर्दा एउटै मिडियामा कार्यरत समान पदमा रहेका पुरुष सहकर्मी र महिला सहकर्मीले पाउने पारिश्रमिक एउटै हुदैन । कुनै न कुनै रुपमा महिलाको तुलनामा पुरुष सहकर्मीले पाउने पारिश्रमिक बढी नै हुन्छ । राज्यले नै समान काम,समान ज्यालाको निति अवलम्वन गरिसकेको अवस्थामा समेत मिडियामा पत्रकार महिलाले समान काम गरेपनि समान ज्याला भने पाउन सकिरहेका छैनन् । यसका लागि पत्रकार महिला आफैले पनि पहल गर्नुपर्दछ । सञ्चार गृहले समान काम गरेवापत समान पारिश्रमिक दिदैन भने त्यसका लागि संवाद गर्ने आट सम्म गर्नुपर्दछ । सम्वन्धित सरोकारवाला निकायहरुले पनि महिलालाई उचित पारिश्रमिक दिलाउनको लागि भुमिका निर्वाह गर्न जरुरी देखिन्छ ।

अवसर पनि……
पत्रकारीता क्षेत्रमा महिलाहरुका लागि अवसर पनि छ । अन्य क्षेत्रमा क्रियाशिल महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण र सञ्चार क्षेत्रमा क्रियाशिल महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । आफ्नै क्षमता र संघर्षले सञ्चार क्षेत्रमा क्रियाशिल महिलाहरुलाई बाहिरी समाजले बौद्धिक,निडर र आत्मनिर्भर महिलाको रुपमा हेर्ने गरेको महसुस हुन्छ । यो क्षेत्रमा क्रियाशिल महिलाहरु आफ्नो पहिचानमा बाच्न सफल भएका हुन्छन् । अझ पछिल्लो समयमा त झन् समाजमा बेग्लै पहिचान बनाएर स्थापित भइसकेका सञ्चार गृहले पत्रकार महिलाहरुलाई नै विषेश प्राथमिकता दिने गरेका छन् । त्यसकारण पनि चुनौती मात्र होइन सञ्चार क्षेत्रमा महिलाहरुका लागि अवसर पनि छ । सञ्चार क्षेत्रमा क्रियाशिल महिलाहरुले सामाजिक रुपमा एउटा नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर त पाउँछन नै त्यसमा पनि आफ्नै क्षेत्र भित्र पनि महिलाहरु नेतृत्वदायी भुमिकामा पुग्ने वातावरण विस्तारै बनिरहेको छ । नेपाल पत्रकार महासंघले विधानमै प्रत्येक जिल्ला शाखाहरुमा एक जना महिला उपाध्यक्षको अनिवार्य व्यवस्था गरेसंगै पत्रकार महिलाहरुको नेतृत्वदायी भुमिका बढेको छ । त्यो संगै सामान्य कार्यसमिति सदस्य वा कोषाध्यक्षमा मात्रै सिमित भएका पत्रकार महिलाहरुले कार्यक्षमता प्रस्तुत गरेर जिल्लाको पत्रकार महासंघ हाक्ने बाटो खुृलीसकेको छ । प्राप्त जिम्मेवारीलाई अवसरको रुपमा सदुपयोग गरी आगामी दिनमा आफुलाई अब्बल सावित गराउने मौका पनि हो यो । सञ्चार क्षेत्रमा संलग्न महिलाहरुले समाजका सबैपक्षसंग भेटघाट,अन्र्तक्रिया गर्ने मौका पाउँदछन । जुन अवसर अन्य क्षेत्रमा आवद्ध महिलाहरुलाई कम प्राप्त हुन्छ । आफुलाई पत्रकारीता र सञ्चार क्षेत्रमा परिपक्क बनाउदै लैजाने हो भने समाजका अरु जिम्मेवारीमा पनि यो क्षेत्रमा भएका महिलाहरुले अवसर पाइरहेका छन् । भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि सञ्चार क्षेत्रमा आवद्ध महिलाहरुले उपमेयर,उपाध्यक्षको रुपमा टिकट प्राप्त गरे । कतिपय विगतमा पत्रकारीता क्षेत्रमै क्रियाशिल महिलाहरु अहिले स्थानिय तहको नयाँ भुमिकामा छन् । त्यस कारण पनि सञ्चार क्षेत्रमा महिलाहरुका लागि अवसर प्रशस्त मात्रामा छन् । महिलाहरुले मात्र सञ्चालन गरेका सञ्चार माध्यममा सम्पादक,रेडियोहरुका स्टेशन म्यानेजरका रुपमा अहिले नै महिलाको सहभागिता बढ्दो मात्रमा छ । यी सबै अवसरलाई भरपुर मात्रमा सदुपयोग गरी आगामी दिनमा अझ सशक्तरुपमा अगाडि बढ्ने कडीका रुपमा विकास गर्नु नै अहिलेको आवश्यक्ता हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनको राजधानी किएभमा रुसले गर्यो  मिसाइल आक्रमण
युक्रेनको राजधानी किएभमा रुसले गर्यो मिसाइल आक्रमण
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
‘जनता सँग प्रहरी’ कार्यक्रम उदयपुर मा सुरु !
‘जनता सँग प्रहरी’ कार्यक्रम उदयपुर मा सुरु !
अध्यक्ष ओलीले भनेः कानूनी जटिलता विकासको अवरोध बनेको छ
अध्यक्ष ओलीले भनेः कानूनी जटिलता विकासको अवरोध बनेको छ
२८ वर्षमा २४ प्रधानमन्त्री : कुन सरकार कसरी ढले ?
२८ वर्षमा २४ प्रधानमन्त्री : कुन सरकार कसरी ढले ?
राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्मृतिमा ग्रन्थ प्रकाशित
राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्मृतिमा ग्रन्थ प्रकाशित
अर्घाखाँचीमा दुर्घटनामा एकजनाको मृत्यु
अर्घाखाँचीमा दुर्घटनामा एकजनाको मृत्यु
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित