राेमाञ्चक खेलमा नेपालकाे जित, राेहित बने नाएक !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
४४ पटक हेरिएको
Shares
राेमाञ्चक खेलमा नेपालकाे जित, राेहित बने नाएक !

सारांश

  • काठमाडाैँ १६ असाेज ।
  • बंगलादेशमा जारी यु१९ एसिया कप क्रिकेट प्रतियाेगितामा नेपालले अाफ्नाे पहिलाे जित दर्ता गरेकाे छ ।
  • मंगलबार भएकाे राेमाञ्चक खेलमा नेपालले युएइलाई ३ विकेटले हराउँदै पहिलाे जित दर्ता गरेकाे हाे ।

काठमाडाैँ १६ असाेज । बंगलादेशमा जारी यु१९ एसिया कप क्रिकेट प्रतियाेगितामा नेपालले अाफ्नाे पहिलाे जित दर्ता गरेकाे छ । मंगलबार भएकाे राेमाञ्चक खेलमा नेपालले युएइलाई ३ विकेटले हराउँदै पहिलाे जित दर्ता गरेकाे हाे ।

युएइले दिएकाे २ सय ६९ रनकाे लक्ष्य नेपालले ७ विकेट गुमाएर ४९ दशमलब ३ अाेभरमा भेटाएकाे थियाे । नेपालका लागि राेहित पाैडेलले ३ छक्का र ६ चाैका प्रहार गर्दै ८८ बलमा सर्वाधिक ९२ रन बनाए भने सन्दिप जाेराले अर्धसतकिय पारी खेल्दै ६७ रन बनाएका थिए । त्यस्तै अन्त्यमा अाएका रसिद खानले अाक्रामक ब्याटिङ् गर्दै  १४ बलमा ३ छक्काकाे मद्दतले २७ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको युएइले निर्धारित ५० ओभरमा राम्रो प्रदर्शन गर्दैै २ सय ६८ रन बनाएको थियो । युएइलाई राम्रो सुरुवात दिने क्रममा फहज नवाज र अन्स टन्डनले १ सय ५९ रनको प्रारम्भिक साझेदारी गरेका थिए । आउट हुनुअघि टन्डनले ६७ र नवाजले ८४ व्याक्तिगत रन बनाएका थिए । नेपालका लागि भने पवन सर्राफ, नन्दन यादव र रसिद खानले समान दुई दुई विकेट लिएका थिए ।

नेपाल र युएइ प्रतियाेगिताबाट यस अघि नै बाहिरीसकेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा
पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा
गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ?
अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ?
सकियो हिउँदे अधिवेशन, के के काम भए राष्ट्रियसभाबाट !
सकियो हिउँदे अधिवेशन, के के काम भए राष्ट्रियसभाबाट !
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी
“जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक छ”
“जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक छ”
ताप्लेजुङमा ठूला दलले नै लत्याए आचारसंहिता, २४ घण्टे अल्टिमेटम
ताप्लेजुङमा ठूला दलले नै लत्याए आचारसंहिता, २४ घण्टे अल्टिमेटम
बाजुराको गहुमुल- ६ मा एमाले बिजयी
बाजुराको गहुमुल- ६ मा एमाले बिजयी
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने