खोटाङमा आगजनी, पाँच लाख बराबरको क्षति
सारांश
- खोटाङ, १७ मंसिर ।
- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित मौलबहादुर राईको घरमा आज विहान आगजनी भएको छ ।
- बिहान दुई बजेतिर घरको धुरीबाट आगजनी सुरु भएको हो ।
खोटाङ, १७ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित मौलबहादुर राईको घरमा आज विहान आगजनी भएको छ । बिहान दुई बजेतिर घरको धुरीबाट आगजनी सुरु भएको हो । प्रहरीका अनुसार आगजनीमा सात लाख बराबरको क्षति भएको छ ।
दुर्छिममा पछिल्लो २ सातामा चार घर आगजनी भइसकेको छ । गत मङ्सिर १० गते शिरहर्क राई र कैलाश राईको, मङ्सिर ८ गते दहशेर राईको र मङ्सिर २८ गते सुरेश राईको घरमा आगजनी भएको थियो । गाऊमा लगातार आगजनीको घटना बढ्न थालेपछि स्थानीयबासी भने कसैले नियतबस आगो लगाएको आशंका गर्न थालेका छन् ।
स्थानीय र प्रहरीले गस्ती गरे पनि श्रृङ्खलाबद्ध आगजनी नरोकिएपछि सर्बसाधारण चिन्तित बनेको स्थानीय तामन राईले बताए । अहिलेसम्म आगजनी भएका सबै घरमा एउटै प्रकृतीबाट आगलागी भएकाले यसको गम्भीर अनुसन्धान गर्न उनीहरुले माग समेत गरेका छन् ।
प्रतिक्रिया