माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने

सारांश

  • काठमाडौ ।
  • माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर खुला गरेको छ।
  • आयोजनाले एक अर्ब पाँच करोड बराबरको आईपिओ निष्काशन गरेको हो ।

काठमाडौ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर खुला गरेको छ। आयोजनाले एक अर्ब पाँच करोड बराबरको आईपिओ निष्काशन गरेको हो । उक्त आईपिओमा काठमाण्डौंबाट पनि आवेदन गर्न सकिने सुविधा दिईएको छ ।

 

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखाबासीका लागि १०० रुपैयाँ अंकित दरका एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।

 

ईच्छुक लगानीकर्ताले उक्त आईपिओमा न्यूनतम ३० कित्ता देखि अधिकतम तीन सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । दोलखाबासीले दोलखाबाट साउन १६ गते देखि भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन् भने काठमाण्डौं उपत्यकामा रहेका दोलखालीले उपत्यकाका आवेदन संकलन केन्द्रहरुबाट साउन  २५ गतेसम्म मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

 

दोलखाबासीले आयोजना निमार्ण स्थल लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका १९ शाखाबाट आवेदन गर्न सक्नेछन् भने काठमाण्डौंबाट सनरार्इज बैंकका एघार शाखाबाट आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

 

जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन । त्यस्तै दोलखाबासीलाई आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावितको सूचीमा वर्गिकरण गरिएको छ ।

 

आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?