चीनका प्रधानमन्त्री सी नेपाल भ्रमणमा आउने
सारांश
- काठमाडौं ११ असार, ६ दिने औपचारिक चीन भ्रमणबाट फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको बताएका छन् ।
- चीनका प्रधानमन्त्री सी छिट्टै नेपाल भ्रमणमा आउने प्रधानमन्त्री ओलीले बताए ।
- भ्रमणपछि दुई देश बीचको राजनीतिक सम्बन्ध थप सुदृढ भएको ओलीको दाबी छ ।
काठमाडौं ११ असार, ६ दिने औपचारिक चीन भ्रमणबाट फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको बताएका छन् । चीनका प्रधानमन्त्री सी छिट्टै नेपाल भ्रमणमा आउने प्रधानमन्त्री ओलीले बताए ।
भ्रमणपछि दुई देश बीचको राजनीतिक सम्बन्ध थप सुदृढ भएको ओलीको दाबी छ । चीन भ्रमणबाट दुई देशबीचको मित्रता, आपसी विश्वास बढ्दै राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताएका छन् ।
चीनको ६ दिने राजकीय भ्रमण पुरा गरी स्वेदशफर्केपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी पयर्टन जस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीकातर्फबाट जारी गरिएको प्रेस नोटमा दुवै देशबीच हस्ताक्षर भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बन्धी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ ।
“समृद्ध नेपाल, सुखी नेपाली”को अभियानलाई सफलबनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
नेपालको विकास नेपालीले नै गर्ने भएपनि आर्थिक समृद्धिका लागि छिमेकीसँग भएका सहमतीको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड छ ।
प्रतिक्रिया