मोरङ १ मा घनश्यामलाई न्याय, डिगबहादुरलाई सजायँ !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
मोरङ १ मा घनश्यामलाई न्याय, डिगबहादुरलाई सजायँ !

सारांश

  • २३ मंसिर, बिराटनगर ।
  • नेकपा एमालेका शालीन एवं सादगी नेता घनश्याम खतिवडाले मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा जित हात पारेका छन् ।
  • उत्तरी मोरङको लेटाङमा स्थायी घर भएका खतिवडा सादगी, वौद्धिक एवं मिलनसार नेताका रुपमा परिचित छन् ।

२३ मंसिर, बिराटनगर । नेकपा एमालेका शालीन एवं सादगी नेता घनश्याम खतिवडाले मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा जित हात पारेका छन् । उत्तरी मोरङको लेटाङमा स्थायी घर भएका खतिवडा सादगी, वौद्धिक एवं मिलनसार नेताका रुपमा परिचित छन् ।

विद्यार्थीकालदेखि नै एमालेमा लागेर त्याग गरेका उनले पार्टीबाट खासै न्याय पाउन सकेका थिएनन् । यसपालि पार्टीले उनलाई टिकट दियो, मतदाताले न्याय दिए ।

धरानबाट आइए र बिराटनगरबाट बीए अध्ययन गरेका ०५६ वर्षीय खतिवडाले उत्तरी मोरङमा पञ्चायत विरोधी आन्दोलनका बेला खुट्टामा धेरैचोटि ठेस लगाएका थिए । अहिले तिनै गाउँहरुमा डुलेर उनले मतदाताको विश्वास बटुलेका छन् ।

पञ्चायत अन्त्य भएपछि ०४९ मा सम्पन्न स्थानीय चुनावमा खतिवडा एमालेका तर्फबाट लेटाङ गाविसको अध्यक्षमा निर्वाचित भए । ५ वर्ष गाविस अध्यक्ष भएर काम गर्दा उनी जनतामा भिज्न सफल भए ।

जनयुद्ध सुरु गरिसकेपछि खतिवडालाई माओवादीले आफ्नो पार्टीमा पार्टी प्रवेश गराउन निकै प्रयास गरे । कम्युनिष्टहरुलाई माया गर्नुपर्छ भन्ने सोचाइका कारण त्यसबेला खतिवडालाई माओवादीप्रति नरम नीति लिने एमाले नेताका रुपमा चिनिन्थ्यो । अन्यत्रका एमाले नेताहरुले ‘न सुराकी, न खुराकी’ को नीति लिइरहँदा खतिवडाले माओवादीलाई सेल्टर र सुरक्षा दिने गरेका थिए । तर, उनी माओवादीमा भने प्रवेश गरेनन् ।

भूमिगतकालमा माओवादीलाई माया गरेका खतिवडाले पहिलो संविधानसभा चुनावमा टिकट पाएनन् । त्यसबेला साविकको मोरङ ९ मा एमालेले भुवनसिंह राईलाई टिकट दियो । र, उनी तेस्रो भए ।

पहिलो संविधानसभा चुनावमा यसक्षेत्रमा माओवादीबाट नगेन्द्र धिमालले चुनाव जिते भने कांग्रेसका डिगबहादुर लिम्बु दोस्रो र एमालेका राई तेस्रो भए ।

दोस्रो संविधानसभामा एमालेबाट घनश्याम खतिवडाले टिकट त पाए, तर माओवादी नेता वर्षमान पुन त्यहाँ चुनाव लड्न गएपछि एमाले आत्तियो, जसको फाइदा कांग्रेसका डिगबहादुर लिम्बुले उठाए ।

दोस्रो संविधानसभामा घनश्यामले आफ्नो मुख्य प्रतिस्पर्धी वर्षमानलाई ठानेका थिए । तर, वर्षमान तेस्रो भए भने डिगबहादुरले एमाले-माओवादीको टक्करको वीचबाट फुत्त जित निकाले ।

सामान्य आर्थिक अवस्थाका खतिवडा ०७० सालमा चुनाव लड्दा ऋण लागेको सम्झन्छन् । र, तडक-भडक नगर्ने र पैसा नहुने नेताले चुनाव नजित्ने उनले निश्कर्ष निकालेका थिए त्यसबेला ।

तर, परिस्थितिले उनलाई अजिंगरको आहारजसरी यसपालि फेरि प्रतिनिधिसभाको टिकट दिलायो । तर, प्रतिस्पर्धीमा कांग्रेसका उनै पूर्वप्रतिस्पर्धी एवं पूर्वसांसद डिगबहादुर लिम्बु थिए । माओवादीको मत खासै धेरै थिएन ।

तर, भूमिगतकालमा माओवादीलाई साथ दिएको फाइदा यसपालि खतिवडाले राम्रैसँग उठाए । माओवादीसँग तालमेल भएरमात्रै होइन, पहिल्यैदेखि राम्रो सम्बन्ध भएकाले उनलाई माओवादीले साथ दियो । र, सोचेको भन्दा बढी मतान्तरले उनले आफ्नै गाउँले साथी डिगबहादुर लिम्बुलाई चुनाव हराए ।

राजनीतिमा लामो समयसम्मा गरेको लगानी र जनतालाई पुर्‍याएको सेवाको फल खतिवडाले चाख्न पाएका छन् । उनी मोरङ जिल्लामा एमालेका दुईधारका नेतामध्ये घनश्याम केपी ओली गुटमै लागे पनि सादगीपूर्ण नेता मानिन्छन् । मोरङमा एमालेभित्र भ्रष्टाचार र डनगिरी मौलाएका बेला घनश्याम प्रवृत्तिले अब अगाडि बढ्ने मौका पाएको छ ।

आफ्नो जितपछि खतिवडाले  भने- ‘राजनीति पेशा होइन, जनताको सेवा हो भन्ने मेरो मान्यता छ । राजनीतिका नाममा

नवनिर्वाचित सांसद खतिवडा सहकारी आन्दोलनका अगुवासमेत हुन् । लेटाङमा सहकारीको क्षेत्रमा उनले उदाहरणीय कामहरु गरेका छन् । उनी सहकारीसम्बन्धी देशैभरि प्रशिक्षण दिन हिँड्थे ।

पारिवारिक हिसाबले पनि खतिवडाको परिवारलाई सुखी परिवारका रुपमा लिने गरिन्छ । घनश्यामका दुई छोरामध्ये नविन पत्रकार हुन् । उनी रिपब्लिकामा कार्यरत छन् । अर्का छोरा प्रवीण कलाकार हुन् । नाटकबाट कलाकारितामा प्रवेश गरेका प्रवीणले लुट चलचित्रमा अभिनय गरेका छन् ।

डिगबहादुर लिम्बुः परिबन्दमा परेर राम्रा मान्छेले हारे

कांग्रेस नेता डिगबहादुर लिम्बु र एमाले नेता घनश्याम खतिवडा दुबै एउटै गाउँ (लेटाङ) का बासिन्दा हुन् । विगतमा उनीहरु एउटै शिक्षण पेशामा थिए ।

लेटाङमा दुबैजनालाई राम्रा नेताको कोटीमा स्थानीयले हेर्ने गरेका छन् । कतिपयले डिगबहादुरलाई ‘कांग्रेस भए पनि कम्युनिष्ट जस्तै नेता’ भन्ने गरेका थिए ।

खतिवडा र लिम्बुले ०७० र ०७४ सालमा दुईपटक चुनावी प्रतिस्पर्धा गरे । पहिलोपटक डिगबहादुरले जिते । यसपालि खतिवडाले जिते । दुबैको हारजित बराबरी भयो ।

डिगबहादुुरले मोरङमा यसअघिका चुनावमा पनि उत्तरी मोरङबाट प्रतिस्पर्धा गरेका थिए । उनी कांग्रेसमा अनवरतरुपमा लागेका नेता हुन् । उत्तरी मोरङमा कमजोर रहेको कांग्रेसलाई एमालेको प्रतिस्पर्धी बनाउनमा लिम्बुको अथक मेहनतले काम गरेको छ ।

यतिमात्रै होइन, जसरी लेटाङका खतिवडाले एमाले मोरङभित्र मौलाएको विकृत धारको विपक्षमा आफूलाई  स्थापित गरे, डिगबहादुरले पनि कांग्रेसलाई बिराटनगरको कोइराला क्याम्पबाट मुक्त पारेर मोरङको गाउँसम्म लगे । लिम्बु मोरङ कांग्रेसका निर्वाचित जिल्ला सभापतिसमेत हुन् ।

यसरी लेटाङ एउटै गाउँबाट राष्ट्रिय राजनीतिमा उदाएका दुई नेतालाई स्मरण गर्दा सर्वसाधारणले पनि डिगबहादुर लिम्बुलाई हार्नैपर्ने खराब नेताका रुपमा चित्रण गर्दैनन् । तर, चुनाव हो, एउटै क्षेत्रबाट उठेकाले खतिवडाले जिते, लिम्बुले हारे ।

मोरङ १ को चुनावमा राम्रा मान्छेवीच प्रतिस्पर्धा भएको थियो । राम्रैले जिते । राम्रैले हारे ।

नेपालमा पहिले चुनाव जितेकाले दोस्रोपटक चुनाव जित्नु निकै चुनौतीपूर्ण कार्य हो । पहिले जितेर के काम गर्‍यौ भन्ने प्रश्न मतदाताले उठाइहाल्छन् । यसपटक लिम्बुलाई पनि मतदाताले यस्तै प्रश्न उठाए ।

अब ५ वर्षपछि मतदाताले घनश्याम खतिवडालाई पनि यस्तै प्रश्न त उठाउँदैनन् ? खतिवडाले पक्कै पनि आफ्ना मित्रले यसपालि भोग्नुपरेको मनोदशाबाट शिक्षा पाएकै हुनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !
नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !
यस्तो अवस्थामा भेटिए विप्लव, नेपालकै पहाडी क्षेत्रमा घुम्दै छन् (भिडियो सहित)
यस्तो अवस्थामा भेटिए विप्लव, नेपालकै पहाडी क्षेत्रमा घुम्दै छन् (भिडियो सहित)
अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल ल्याउने तयारी भइरहेको सरकारको खुलासा
अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल ल्याउने तयारी भइरहेको सरकारको खुलासा
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल
जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
ट्याक्टर दुर्घटना हुँदा लामा कन्ट्रसन प्रा.लीका स्टोरकिपरको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा लामा कन्ट्रसन प्रा.लीका स्टोरकिपरको मृत्यु
किन बढ्दैछ अस्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या ?
किन बढ्दैछ अस्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या ?
दोस्रो पाँचखाल महोत्सव भोलीदेखि सुरु
दोस्रो पाँचखाल महोत्सव भोलीदेखि सुरु
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’

तपाईंले छुटाउनुभयो कि?