मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको पेशी असार २३ गतेलाई तोकियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
२० पटक हेरिएको
Shares
मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको पेशी असार २३ गतेलाई तोकियो

सारांश

  • भरतपुर ।
  • सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको पेशी असार २३ गतेका लागि तोकेको छ ।
  • च्यातिएको मतपत्र सर्वोच्च अदालतमा झिकाएपछि सर्वोच्चले दुबै पक्षको रोहवरमा बुधबार पेशी तोकेको हो ।

भरतपुर । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको पेशी असार २३ गतेका लागि तोकेको छ ।

च्यातिएको मतपत्र सर्वोच्च अदालतमा झिकाएपछि सर्वोच्चले दुबै पक्षको रोहवरमा बुधबार पेशी तोकेको हो । पहिलो चरणमा गत बैशाख ३१ गते भरतपुर महानगरपालिकामा मतदान भएको थियो । वडा नम्बर १९ मा मत गणनाका क्रममा मतपत्र च्यातिएको थियो । महानगरका २९ वटा मध्ये २७ वटाको गणना सम्पन्न भएको छ । वडा नम्बर १९ को मतपत्र निर्वाचन आयोगले बदर गरी पुनः मतदानको निर्णय गरे पनि घटना सर्वाच्चमा पुगेको हो ।

सर्वोच्चले अहिले कुनै काम नगर्नु भनेकाले सवै प्रक्रिया अवरुद्ध छ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको पाइएको छ । यसअघि जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज सर्वोच्च अदालत पठाएको थियो ।

भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएको मतपत्रलाई मतपेटिकामा राखेर शिल गरी पठाईएको हो । सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन असार ६ गते मंगलबार आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?