शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै

सारांश

  • काठमाडौं ।
  • भोली जनवरी १२ तारिकमा हुने नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को वार्षिक साधारण सभा एवं निर्वाचनमा गैरजानीतिक, व्यवसायीक र स्वतन्त्र समुहको तर्फबाट दिपेन्द्र कुमार शर्मा घिमिरे र राजनीतिक गठबन्धनबाट सिएन पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।
  • लामो समयदेखि नाट्टालाई राजनीतिक मुक्त बनाउनुपर्छ भन्ने जोडलाई सम्मान गर्दै व्यवसयीक संस्थाको पहिचान दिनको लागि नाट्टा सम्वद्व विज्ञ र पूर्व अध्यक्षहरुले शर्माको गैरराजनीतिक टिमलाई सर्मथन गर्ने भएका छन् ।

काठमाडौं । भोली जनवरी १२ तारिकमा हुने नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को वार्षिक साधारण सभा एवं निर्वाचनमा गैरजानीतिक, व्यवसायीक र स्वतन्त्र समुहको तर्फबाट दिपेन्द्र कुमार शर्मा घिमिरे र राजनीतिक गठबन्धनबाट सिएन पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।

लामो समयदेखि नाट्टालाई राजनीतिक मुक्त बनाउनुपर्छ भन्ने जोडलाई सम्मान गर्दै व्यवसयीक संस्थाको पहिचान दिनको लागि नाट्टा सम्वद्व विज्ञ र पूर्व अध्यक्षहरुले शर्माको गैरराजनीतिक टिमलाई सर्मथन गर्ने भएका छन् ।

उनीहरुले राजनीति आफ्नो ठाउँमा हुन्छ भन्दै नाट्टाको साखलाई जोगाई राख्न पनि डिके शर्माको टिमको विकल्प नभएको बताएका छन् ।

त्यसैगरी नाट्टा गैराजनीतिक तथा व्यवसायीक टिमको तर्फबाट अध्यक्षको प्रत्यासीका रुपमा रहेका दिपेन्द्र कुमार शर्मा घिमिरेले हामीले नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि समावेशी टिम बनाएका छौं भन्दै नाट्टाको साख गिर्न नदिनको लागि आफ्नो अभियान रहेको हुँदा सम्पूर्ण अग्रज तथा नाट्टा सम्बद्ध व्यवसायीहरुलाई सहयोग गरिदिनुहुन आग्रह गरेका छन् ।

‘अब पनि हामी चुप बस्यौं भने राजनीतिकरण अझ बढ्छ । त्यसको अन्तका लागि पनि मेरो समुहको नेतृत्व नाट्टामा जान जरुरी थियो । हामीमा कुनै स्वार्थ छैन । सहमतिको नाममा नाट्टाका वर्तमान कार्यसमितिलाई समेत गुम्राहामा राखेर सहमति भनियो त्यो हामीलाई थाहै छैन, कस्तो सहमति कहाँ कसरी भएको सहमति हो । हामीलाई पनि थाहा हुनु पथ्र्यो नि ? यो अत्यन्तै दुःखद पक्ष हो । त्यसकारण व्यवसायी साथीहरुले वास्तविकता बुझ्नुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं’ उनले बताए ।

व्यवसायीहरु पनि नाट्टामा गैरराजनीतिक र व्यवसायीक नेतृत्वकै खोजीमा रहेको भन्दै उनले संस्थापन पक्षको तर्फबाट आफ्नो नेतृत्वमा व्यवसायीले खोजे अनुसारको व्यवसायीक टिम बनेको जिकिर पनि गरे । शर्माले नाट्टाले सुरुवात गरेका कामहरुलाई पूर्णता दिने, आएटा, कर, भ्याटलगायत व्यवसायीक समस्यालाई सम्बोधन गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा लागि पर्ने आफ्नो समूहको मुलभुत एजेन्डा रहेको पनि बताए ।

शर्मा डिके टूर्स एन्ड ट्राभलका सञ्चालक हुन । विगत लामो समयदेखि पर्यटनमा आबद्ध शर्मा सन् २००२ देखि नाट्टामा आबद्ध छन् । सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालेका उनले हाल (सन् २०१६ देखि २०१८) द्वितिय उपाध्यक्ष्को जिम्मेवारी बहन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
जनताको कामको नेतृत्व लिन्छु- रामचन्द्र झा
जनताको कामको नेतृत्व लिन्छु- रामचन्द्र झा
सांसदले कार्यकर्तालाई साइकल बाँड्नेदेखि योग शिविरसम्मका काममा बजेट खर्च
सांसदले कार्यकर्तालाई साइकल बाँड्नेदेखि योग शिविरसम्मका काममा बजेट खर्च
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
कस्तो बिशालु रुख हो ज्यानै लिने
कस्तो बिशालु रुख हो ज्यानै लिने
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
केपी ओली जीन्दावाद ! भन्दै जुलुस
केपी ओली जीन्दावाद ! भन्दै जुलुस
सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय
छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय