विवाहको कुरामा विवाद हुँदा छोरीको ज्यानै गयो, आमा पक्राउ परिन्
सारांश
- काठमाडौं ।
- जनकपुरमा एक आमाले छोरीको हत्या गरेको भन्दै प्रहरीले पक्रेको छ ।
- जनकपुरमा आमाछोरी बीच विवाहको विषयमा विवाद भएपछि छोरीलाई कुट्दा ज्यान गएको प्रहरीले बताइएको छ ।
काठमाडौं । जनकपुरमा एक आमाले छोरीको हत्या गरेको भन्दै प्रहरीले पक्रेको छ । जनकपुरमा आमाछोरी बीच विवाहको विषयमा विवाद भएपछि छोरीलाई कुट्दा ज्यान गएको प्रहरीले बताइएको छ ।
आफ्नी १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा ४८ वर्षे आमा राजकुमारी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो । उनीहरु जनकपुर उपमहानगरपालिका २४ सोनापाडामा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी आमा राजकुमारीलाई सार्वजनिक गरेको हो ।
सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको आमासँग बताएकी थिइन् । आमाले विवाद बढ्दै जाँदा रिसमा आएर छोरीको घाटी थिचेकी थिइन् । तर, ख्यालख्यालमै छोरीको ज्यानै गएको उनले पत्तै पाइनछिन् ।
घटनामा परिवारका अन्य सदस्यसमेत संलग्नता हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया