कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
३९ पटक हेरिएको
Shares
कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ

सारांश

  • कंगना रनौटलाई विवादास्पद अभिव्यक्ति र अरुसँग झगडा गर्न बलिउडमै कसैले भेट्दैन ।
  • अहिलेसम्म उनले कतिलाई टारगेट बनाइ सकिन भन्ने गनेर साध्य छैन ।
  • हरेक विषयमा बेमतलव कुरा गर्ने कंगनको निशानामा यो पटक रणवीर कपुर र आलिया भट्ट परेका छन् ।

कंगना रनौटलाई विवादास्पद अभिव्यक्ति र अरुसँग झगडा गर्न बलिउडमै कसैले भेट्दैन । अहिलेसम्म उनले कतिलाई टारगेट बनाइ सकिन भन्ने गनेर साध्य छैन । हरेक विषयमा बेमतलव कुरा गर्ने कंगनको निशानामा यो पटक रणवीर कपुर र आलिया भट्ट परेका छन् ।

उनले आलिया २७ र रणवीर ३७ वर्ष पुगेको भन्दै दुवै बच्चा हुन् कि बेवकुफ ? भन्दै  झगडाको बिउ रोपेकी छन् ।

हालै ‘डेली’लाई दिएको एक अन्तरवार्तामा उनले यस्तो विवादास्पद अभिव्यक्ति दिएकी हुन् । आलिया र रणवीरलाई योंग कलाकार भनेर कोड गर्दै प्रश्न सोधिए पछि कंगनाको पारो तातेको थियो । उनको तर्क छ दुवै योंग कलाकार भनिन योग्य छैनन् । २७ वर्षको उमेरमा आफ्नी आमाले ३ सन्तान जन्माएको भन्दै कंगनाले उनीहरुलाई योंग कलाकार भन्नु गलत भएको दावी गरिन् ।

त्यसो त कंगनाले यसअघि पनि आलिया र रणवीर विरुद्ध खनिएकी थिइन् । एक अन्तरवार्तामा आलिया र रणवीरले देशको अवस्था बारे बोल्ने क्रममा आफ्नो घरमा बिजुली पानी सबै समयमै आउने भन्दै देशको हालतको बारेमा बोल्न इन्कार गरेका थिए । आलिया र रणवीरले यति भने पछि कंगनालाई पुगिहाल्यो । कलाकार देशको प्रतिनिधि भएको भन्दै यसरी जवाफ दिनु गैरजिम्मेवारीपुर्ण भएको भन्दै उनीहरु विरुद्ध जाइ लागेकी थिइन् ।

अझ अगाडि बढेर कंगना भन्छिन् कलाकारलाई क्यामेरा अगाडि आफ्नो सेक्स लाइफको बारेमा बोल्न लज्जा हुँदैन तर देशको बारेमा बोल्नु पर्यो कि टाउको दुख्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?