देउवा सरकारले राष्ट्रियसभाका लागि पठाएका नाम फिर्ता गरिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
३८ पटक हेरिएको
Shares
देउवा सरकारले राष्ट्रियसभाका लागि पठाएका नाम फिर्ता गरिने

सारांश

  • काठमाडौं, ७ फागुन- सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रियसभामा मनोनयनका लागि  राष्ट्रपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
  • मन्त्रिपरिषद् बैठकपछि यस विषयमा औपचारिक रुपमा कुनै जानकारी गराइएको छैन ।

काठमाडौं, ७ फागुन- सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रियसभामा मनोनयनका लागि  राष्ट्रपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।मन्त्रिपरिषद् बैठकपछि यस विषयमा औपचारिक रुपमा कुनै जानकारी गराइएको छैन । स्रोतहरुले सिफारिस तीनजनाको नाम फिर्ता लिने र नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको बताएका छन् ।  आजको नागरिक दैनिकमा खबर छ ।

सरकारका प्रवक्तासमेत रहेकी महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महत्वपूर्ण निर्णय भए पनि अनुशासनका कारण बाहिर सार्वजनिक गर्न नमिल्ने बताइन् । ‘महत्वपूर्ण निर्णय भएको छ । मन्त्रिपरिषद्को अनुशासनका कारण अहिले बाहिर भन्न मिल्दैन,’ थापाले नागरिकसँग भनिन् । तीन सदस्यीय मन्त्रिपरिषदका अर्का सदस्य जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले पनि निर्णयका बारेमा बोल्न चाहेनन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका सरकारले चाँदनी जोशी, कृष्ण पौडेल र गोपाल बस्नेतलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यो सिफारिस सदर नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छिन् ।५९ सदस्यीय राष्ट्रियसभामा तीनजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । एमाले अध्यक्ष ओली नेतृत्वमा नयाँ सरकार बनेपछि बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले सिफारिस नाम फिर्ता लिने निर्णय गरेको हो ।

संविधानसम्मत सिफारिस नाम फिर्ता लिए त्यसको विरोध गर्ने चेतावनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिएको छ ।राष्ट्रिय योजना आयोगको उपाध्यक्ष स्वर्णिम वाग्लेले पदबाट दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी आवास पुनःनिर्माणले गति लिएन
निजी आवास पुनःनिर्माणले गति लिएन
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)
आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
यसरी सकियो प्रचण्डको ‘जादू’
यसरी सकियो प्रचण्डको ‘जादू’
विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध
विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध
माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर
माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर
मुसहर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
मुसहर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
अर्थ समाचार : मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन
अर्थ समाचार : मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन