अमेरिकासंग व्यापार विवाद रोक्न चीन सकारात्मक

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
अमेरिकासंग व्यापार विवाद रोक्न चीन सकारात्मक

सारांश

  • वासिङ्टन, २१ मङ्सिर ।
  •  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडी बढेको बताएका छन् ।
  • ट्रम्पले ट्वीटरमा लेखेका छन्, “चीनसँग व्यापारबारे भएको वाताए कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडी बढिरहेको छ ।

वासिङ्टन, २१ मङ्सिर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडी बढेको बताएका छन् ।

ट्रम्पले ट्वीटरमा लेखेका छन्, “चीनसँग व्यापारबारे भएको वाताए कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडी बढिरहेको छ ।” केही दिन अगाडी चिनियाँ राष्ट्रपति सी चिन पिङसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार विवादको समाधान हुने विश्वास आफुलाई रहेको बताए ।

अर्जेन्टिनामा भएको सो भेटवार्ताका क्रममा सीले करवृद्धिका योजना तत्काल स्थगन गर्नेगरी अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

चीनको बाणिज्य मन्त्रालयका एक प्रवक्ताले सञ्चारकर्मीसँगको नियमित भेटमा चीनले अर्जेन्टिनामा आफ्ना राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?