थ्रीस्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२६ पटक हेरिएको
Shares
थ्रीस्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा

सारांश

  • उदयपुर १ जेठ- उदयपुर गोल्डकपको तेस्रो खेलमा थ्रीस्टार क्लबले मोरङ ११ लाई ४ का बिरुद्द १ गोलले पछाडि पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • खेलको ३३ औं मिनेटमा थ्रीस्टारका तर्फबाट विदेशी खेलाडी अजय मार्टिनले पहिलो गोल गरेका थिए ।
  • मार्टिनले नै खेलको ५९ मिनेटमा आकर्षक गोल गरे ।

उदयपुर १ जेठ- उदयपुर गोल्डकपको तेस्रो खेलमा थ्रीस्टार क्लबले मोरङ ११ लाई ४ का बिरुद्द १ गोलले पछाडि पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ३३ औं मिनेटमा थ्रीस्टारका तर्फबाट विदेशी खेलाडी अजय मार्टिनले पहिलो गोल गरेका थिए । मार्टिनले नै खेलको ५९ मिनेटमा आकर्षक गोल गरे । २ गोलले पछि परको मोरङ ११ का अर्का विदेशी खेलाडी एमबालाले खेलको ६७ मिनेटमा गोल गर्दे खेलमा बराबरी गर्ने कोशिस गरेका थिए । तर, थ्रीस्टारका अनन्त तामाङले ८२ औं मिनेट र ८९ मिनेटमा रुपेश केसीले गोल गर्दे खेल ४-१ को जित निकाल्न सफल भएका हुन् ।

खेलमा २ गोल गरेका थ्रीस्टारका अजय मार्टिनले म्यान अफ द म्याचको पुरस्कार स्वरुप ७ हजार रुपियाँ नगद प्राप्त गरे। जेठ ५ गते सम्म सन्चालन हुने उदयपुर गोल्डकपको पाँचौ सँस्करण सदरमुकाम गाइघाटको थरुहट रंगशालामा भइरहेको छ । विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताको ३ लाख रुपैयाँ पाउनेछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?