हार्ट अट्याकबाट मृत्य भएका रुसी वैज्ञानिक डा.युरीको दिमाग फ्रिजमा
सारांश
- रुस, २५ मंसिर ।
- रुसी वैज्ञानिक डा.
- युरी पिचुगिनको दिमाग फ्रिजमा राखिएको छ ।
रुस, २५ मंसिर । रुसी वैज्ञानिक डा. युरी पिचुगिनको दिमाग फ्रिजमा राखिएको छ । पिचुगिनको ६७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएपछि उनको दिमागलाई फ्रिजमा राखिएको हो ।
उनको दिमाग पछि पनि प्रयोग गर्ने उद्देश्यअनुसार माइनस १९६ डिग्री सेल्सियस तापक्रममा राखिएको डेली मेलले जनाएको छ । डा. युरीले फ्रैंकेस्टाइन प्रविधिको खोजी गरेका थिए । यसको माध्यमबाट मानिसको दिमागलाई खास रसायनमा राखेर फ्रिज गरिन्छ । वैज्ञानिकहरुका अनुसार यस्तो दिमागलाई दोस्रोपटक प्रयोग गर्न सकिन्छ ।
रुसको क्रायोरस कम्पनीले डा. युरीको दिमागको क्रायो प्रिजर्वेशन गरेको हो । उनको दिमागलाई मस्कोको वेयरहाउसमा संरक्षण गरेर राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया