पञ्जासमेत बिरामीले किन्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
पञ्जासमेत बिरामीले किन्नुपर्ने

सारांश

  • धादिङ, २५ साउन ।
  • जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ ।
  • डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

धादिङ, २५ साउन । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताउनुभयो । बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ । सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्यौलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताउनुभयो ।

नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको रु आठदेखि १० लाख रकम नपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन । जिल्ला अस्पतालमा दैनिक आउने करीब २०० बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र र निःशुल्क औषधिका लागि करिब रु ७० लाख आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेश खन्नाः ‘उनका चलचित्र हेर्न जाँदा महिलाहरू उनैलाई भेट्न गएजस्तो सजिएर जान्थे’
राजेश खन्नाः ‘उनका चलचित्र हेर्न जाँदा महिलाहरू उनैलाई भेट्न गएजस्तो सजिएर जान्थे’
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
यसकारण ओलीसँग सत्तामा जाँदैनौं’
यसकारण ओलीसँग सत्तामा जाँदैनौं’
सामाजिक विकास मंचमा खतिवडाको नेतृत्व
सामाजिक विकास मंचमा खतिवडाको नेतृत्व
किन जाँदैछन डा बाबुराम भट्टराई  युरोप भ्रमणमा ?
किन जाँदैछन डा बाबुराम भट्टराई युरोप भ्रमणमा ?
शर्माको प्यानलद्धारा १५ बुँदे घोषणापत्र सार्वजनिक
शर्माको प्यानलद्धारा १५ बुँदे घोषणापत्र सार्वजनिक
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : प्रचण्ड
मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : प्रचण्ड
नेपालमा कोरोना संक्रमित घट्दै, आइतवार ७ हजार ९१४ संक्रमित थपिए