मुख्यमन्त्री टुंगो लगाउन वाम गठबन्धनको कार्यदल बैठक भोलि

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मुख्यमन्त्री टुंगो लगाउन वाम गठबन्धनको कार्यदल बैठक भोलि

सारांश

  • काठमाडौं, १३ माघ ।
  • राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणको गृहकार्य गर्ने जिम्मा पाएको एमाले–माओवादीको संयुक्त कार्यदल प्रदेश सरकार गठनमा जुटेको छ।
  • राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनको लागि पुष २५ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले संयुक्त कार्यदल बनाएको थियो।

काठमाडौं, १३ माघ । राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणको गृहकार्य गर्ने जिम्मा पाएको एमाले–माओवादीको संयुक्त कार्यदल प्रदेश सरकार गठनमा जुटेको छ।

राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनको लागि पुष २५ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले संयुक्त कार्यदल बनाएको थियो।

प्रदेश सरकार निर्माणको लागि माघ ११ गते कार्यदलको बैठक बसेको थियो। कार्यदल सदस्य तथा माओवादी नेता बर्षमान पुन, मात्रिका यादव र एमाले नेत शंकर पोखरेल बैठकमा उपस्थित हुन नसके पछि सामान्य छलफल मात्र भएको कार्यदलका सदस्य एवं एमाले नेता सुरेन्द्र पाण्डेले प्रतिक्रिया दिएका थिए।

उनले भोलि आईतबार बस्ने कार्यदलको बैठकले सम्भबत प्रदेश सरकार गठनको कुरा टुङ्गो लगाउने सहमति बनेको जानकारी दिएका थिए ।

प्रदेश १ र ३ मा एमालेले एकल सरकार बनाउन सक्ने बहुमत छ। प्रदेश ५ मा पनि एमाले स्थायी कमिटि सदस्य शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन माओवादीले सहमति दिएको एमाले नेताले बताएका थिए।

प्रदेश ४ को मुख्यमन्त्रीका लागि एमाले नेताहरुको नाम चर्चामा रहेको छ। माओवादीले २ प्रदेशमा मुख्य मन्त्रीको दावी गरेको छ। प्रदेश ६ र ७ मा माओवादीलाई दिने सम्भावना रहेको खबर पनि सार्वजनिक भएका थिए।

६ नम्बर एमाले प्रदेश संगठनले माओवादीलाई मुख्यमन्त्री नदिन केन्द्रीय कमिटिलाई दबाब दिएको थियो। यो प्रदेशमा ४० जना प्रदेश सभा सदस्य छन। जसमा २० जना सदस्य एमालेको रहेका छन।

मुख्यमन्त्रीहरुको चयन प्रदेशबाट नटुङ्गिए केन्द्रले टुङ्गो लगाउने एमाले नेता सुरेन्द्र पाण्डेले बताए। आईतबार बस्ने कार्यदलको बैठकले प्रदेश सरकारबारे निर्णय गर्ने छ।

प्रदेश २ मा मधेशवादी दलले प्रदेश सरकार गर्ने निश्चित भएसँगै राजपाले मुख्यमन्त्रीमा दाबी गरिसकेको छ। एमालेका महासचिव इश्वर पोखरेलले अाजैमात्र मधेशवादी दललाई प्रदेश सरकार गठन गर्न सघाउने जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएनएको ११औं महाधिवेशन : अध्यक्षमा चार जनाको उम्मेद्वारी
अनिलको उत्कृष्ट फर्म जारी, ज्ञानेन्द्र र सुवाष अाएनन् लयमा
अनिलको उत्कृष्ट फर्म जारी, ज्ञानेन्द्र र सुवाष अाएनन् लयमा
माघे संक्रान्तिमा राष्ट्रपतिको शुभकामना
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु
विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
लोकप्रिय गायक प्रकाश सपूतमाथि प्रहार, सामाजिक सञ्जालमा भिडियो भाइरल
लोकप्रिय गायक प्रकाश सपूतमाथि प्रहार, सामाजिक सञ्जालमा भिडियो भाइरल
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा
सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा हुन नपाउने
सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा हुन नपाउने
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत किन हतारियो?
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत किन हतारियो?

तपाईंले छुटाउनुभयो कि?