नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पोखराबाट पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पोखराबाट पक्राउ

सारांश

  • पोखरा, २५ मंसिर ।
  • नक्कली लाइसेन्स बनाउदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
  • लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्सको कागज दिँदै ठगी गरेको आरोपमा प्रहरीले पर्वतका सरोज चपाईं क्षेत्री पोखराबाट पक्राउ गरेको हो ।

पोखरा, २५ मंसिर । नक्कली लाइसेन्स बनाउदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्सको कागज दिँदै ठगी गरेको आरोपमा प्रहरीले पर्वतका सरोज चपाईं क्षेत्री पोखराबाट पक्राउ गरेको हो ।

चपाईंले लाइसेन्स बनाइदिने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिबाट ३५ देखि ४५ हजार रुपैयाँसम्म ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले चपाईंलाई लेकसाइड क्षेत्रबाट पक्राउ गरेको हो ।

चपाईंमाथि आज मुद्दा चलाएर अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । चपाईंले गण्डकी यातायात कार्यालय पोखरा लाइसेन्स लेखिएको फेसबुक ग्रुप तथा पेजबाट जोडिएर लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गरेको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?