पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
सारांश
- काठमाडौं ।
- पब्जी खेलमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई कार्यन्वायन नगर्न सर्वोच्च्ले आदेश जारी गरेको छ ।
- शुक्रबार अन्तरिम आदेश जारी गर्दै पछिल्लो समय धेरै जनमानसमा लोकप्रिय बन्दै गइरहेको पब्जी खेल प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौं । पब्जी खेलमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई कार्यन्वायन नगर्न सर्वोच्च्ले आदेश जारी गरेको छ ।
शुक्रबार अन्तरिम आदेश जारी गर्दै पछिल्लो समय धेरै जनमानसमा लोकप्रिय बन्दै गइरहेको पब्जी खेल प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । यसअघि सरकारले पब्जी खेलले बालबालिकालाई मानसिक रुपमा असर पर्ने भन्दै सबै इन्टरनेट प्रदायक कम्पनी हरुलाइ पब्जी खेलमा प्रतिबन्ध लगाउन उर्दी गरेको थियो ।
तर शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश पदएको छ । आदेशमा प्रतिबन्ध लगाउनुको कारण समेत १५ दिनमा पेश गर्न आदेश दिईएको छ ।
केही दिन अघि मात्रै केही ब्यक्तिले पब्जीमा प्रतिबन्ध लगाएर सकारले इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन गराएको भन्दै निर्णयलाइ बद्धर गर्न माग गर्दै सर्वोच्चमाम रिट दायर गरिएको थियो ।
प्रतिक्रिया