गुगलमा ‘इडियट’ खोज्दा ट्रम्पका फोटा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २७ मंसिर।
  •   तपाईंले गुगलमा ‘IDIOT’ खोज्नुभएको छ?
  • छैन भने खोज्नुहोस्।

काठमाडाै, २७ मंसिर।  तपाईंले गुगलमा ‘IDIOT’ खोज्नुभएको छ? छैन भने खोज्नुहोस्। र, इमेजमा हेर्नुहोस्।

त्यहाँ अधिकांश फोटा अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पका छन्। विभिन्न भावभंगीका अनुहारमा उनका फोटा तथा कार्टुन देख्न सकिन्छ। मूर्ख’ खोज्दा राष्ट्रपति ट्रम्पका फोटा आएको पाइएपछि गुगलविरूद्ध मुद्दा परेको छ। यसबारेमा गुगलका सिइओ सुन्दर पिचाइसँग सोधपुछ गरिएको छ। अमेरिकी कंग्रेसको न्यायिक समिति समक्ष भएको सुनुवाइमा उनलाई ‘गुगल इमेज सर्च’ मा ‘इडियट’ खोज्दा किन राष्ट्रपति ट्रम्पको फोटो आउँछ’ भन्नेबारे प्रष्टिकरण सोधिएको थियो।

साढे तीन घन्टा लामो सुनुवाइमा सिइओ पिचाइले लामो जवाफ दिएका छन् जसमा गुगलले कसरी काम गर्छ भन्ने बुझाएका छन्। ‘गुगलमा कुनै किवर्ड हान्दा यसले अर्बौं वेबसाइटहरू ट्रयाक गर्छ। त्यो किवर्ड ती वेबसाइटअनुसार म्याच हुन्छ। यसरी म्याच हुँदा वेबसाइटको र्‍यांकिङ अनुसार राखिन्छ। यही आधारमा ‘इडियट’ सर्च गर्दा ट्रम्पको फोटो बसेको हो।’ पिचाइको जवाफमा सुनुवाइ समितिका अधिकारीको चित्त बुझाइ छैन।  सोधपुछमा एक अधिकारीले पिचाइलाई भनेका छन्, ‘मलाई विश्वास छैन। मान्छेले यो सबै मिलाउने वा नियन्त्रण गर्छन् जस्तो लाग्छ मलाई।’

ती अधिकारीले गुगलले नेताहरूको छविमा प्रभाव पार्ने काम गरिरहेको आरोप लगाएका छन्। यसको जवाफ दिँदै पिचाइले भनेका छन्, ‘हामी कोही मान्छे नै बसेर यसलाई मिलाउन सम्भव छैन। न धेरै मान्छेले नै। यो सबै गुगलको काम गर्ने प्रविधि र सिस्टममा भर पर्छ।’ ‘इडियट’ र ट्रम्पको फोटो विवाद गत वर्ष नै सुरू भएको हो। यसअघि पनि अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको यस्तै खाले विवाद भएको थियो। गुगलमा ‘Miserable Failure’ खोज्दा बुसका फोटा आउँथे।

त्योबेला देखि नै गुगल सर्चले भेदभाव गर्दै आएको टिप्पणीहरू सुरू भएका थिए। ट्रम्पको पालामा आइसक्दा अब गुगलले सफाइ दिनुपरेको छ।यो मुद्दाको सुनुवाइ जारी छ।

(बिबिसी र अन्य सञ्चारमाध्यमका सहयोगमा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?