दानवबहादुर कार्की नेपाल प्रहरीको ३३ औँ आइजिपी नियुक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २४, २०८२
|
|
४४ पटक हेरिएको
Shares
दानवबहादुर कार्की नेपाल प्रहरीको ३३ औँ आइजिपी नियुक्त

सारांश

  • काठमाडौं, २४ कात्तिक।
  • नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ।
  • सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।

काठमाडौं, २४ कात्तिक। नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए।

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गर्दै आएका वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएकाले सरकारले आजै नयाँ आईजीपी नियुक्त गरेको हो।

कार्कीले यसअघि काठमाडौं उपत्यकाको कमाण्ड सम्हाल्दै २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रभावकारी नेतृत्व देखाएका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत व्यवस्थापन विभागका प्रमुखका रूपमा कार्यरत थिए।

डीआईजी रहँदा कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए भने एसएसपीका रूपमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व सम्हाल्दा चर्चित भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेको थियो।

काठमाडौंबाट उपत्यकासम्मको चुनौतीपूर्ण जिम्मेवारी सफलता साथ पूरा गर्दै आएका कार्की इमान्दार र दक्ष प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनी फिल्डदेखि आईजीपी सचिवालयसम्मको विविध अनुभव बोकेका छन् र कुनै आर्थिक विवादमा नमुछिएका प्रहरी अधिकारीका रूपमा चिनिन्छन्।

विदेशी तालिम प्राप्त कार्की नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताका रूपमा पनि कार्य गरिसकेका छन्। कार्कीको काँधमा प्रहरीको कमाण्ड पुगेसँगै एक नम्बरमा रहेका कार्कीलाई रोक्न हात धोएरै लागेका विचौलियाहरुको सेटिङ भत्किएको चर्चा छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Melinda477

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशका यी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा
बागमती प्रदेशका यी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा
धादिङमा डेङ्गुका बिरामी बढे
धादिङमा डेङ्गुका बिरामी बढे
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
मोटरपुल सञ्चालनमा आएपछि स्थानीय खुशी
मोटरपुल सञ्चालनमा आएपछि स्थानीय खुशी
दाजुका छोराछोरी एकसाथ हत्या गर्ने विक प्रहरी खोरमा
दाजुका छोराछोरी एकसाथ हत्या गर्ने विक प्रहरी खोरमा
जिग्री र रक्षाले फेसबुकमार्फत विवाह बन्धनमा बाँधिएको फोटो गरे सार्वजनिक !
जिग्री र रक्षाले फेसबुकमार्फत विवाह बन्धनमा बाँधिएको फोटो गरे सार्वजनिक !
कश्मिरलाई लिएर भारत–पाकिस्तान किन युद्ध गर्न चाहन्छन्?
कश्मिरलाई लिएर भारत–पाकिस्तान किन युद्ध गर्न चाहन्छन्?
प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर, स्थानीय तहमा सार्वजनिक विदा
प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर, स्थानीय तहमा सार्वजनिक विदा
रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।
रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।
संचारकर्मी रंजितको “जिन्दगानीमा” को छ हेरौ भिडियो
संचारकर्मी रंजितको “जिन्दगानीमा” को छ हेरौ भिडियो

तपाईंले छुटाउनुभयो कि?