एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०८०
|
|
४० पटक हेरिएको
Shares
एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति

सारांश

  • जुम्ला ।
  • जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
  • गाउँपालिकाको आव २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाइ खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शिर्षकमा रु १५ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको आव २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाइ खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शिर्षकमा रु १५ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।

“चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीलाई नीति तथा कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेका छौँ”, अध्यक्ष चौलागाईंले भने,
“पालिकाको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने भएको छ ।” एमबिवबिएस अध्ययन गर्नलाई एक वर्षको अध्ययन शुल्कमा प्रतिवर्ष एक जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गर्ने अध्यक्ष चौलागाईंको भनाइ छ ।

एमबिबिएस प्रवेश परीक्षामा पास भएका तातोपानीका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशनसकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

गाउँपालिकाको वडा नं ५ मा निर्माण हुने पाँच शय्या अस्पतालको निर्माण कार्यलाई छिटो सम्पन्न गरी आवश्यक चाहिने पाँच शय्या अस्पतालको स्थायी दरबन्दी तत्काल स्वीकृतिका लागिसम्बन्धी निकायमा पहल गरी सञ्चालनमा ल्याइने गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताइन् ।

एमबिबिएस पढिसकेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क पाँच शय्याको अस्पतालमा सेवा दिने गरेर कार्यविधि बनाउन लागि परेको गाउँपालिका अध्यक्ष चौलागाईंलेको भनाइ छ । पालिकाका प्रत्येक माध्यमिकस्तरका सामुदायिक विद्यालयमा नर्सिङ सेवा सञ्चालनका लागि नीति तथा कार्यक्रमा ल्याइएको तातोपानी गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाको पातारासी गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
आजको राशीफल
आजको राशीफल
बाढीपहिरोबाट तीस करोड क्षति
बाढीपहिरोबाट तीस करोड क्षति
सिमिकोट जमुनाहा रेलमार्ग अध्ययनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री चिनियाँ टोलीसहित  हुम्लामा
सिमिकोट जमुनाहा रेलमार्ग अध्ययनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री चिनियाँ टोलीसहित हुम्लामा
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा
कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि:  शेरबहादुर देउवा
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि: शेरबहादुर देउवा
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन