जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ९, २०७७
|
|
३१ पटक हेरिएको
Shares
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त

सारांश

  • कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताएका छन् ।
  • युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाईले अविश्वसनीय भए पनि केही आशाको किरण देखा परेको छ ।
  • कोभिडको तेस्रो लहर देखा परेको भन्दै युरोपका धेरै मुलुकमा फेरि लकडाउन र प्रतिबन्धहरु घोषणा गर्न थालिएका छन् ।

कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताएका छन् ।

युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाईले अविश्वसनीय भए पनि केही आशाको किरण देखा परेको छ ।

कोभिडको तेस्रो लहर देखा परेको भन्दै युरोपका धेरै मुलुकमा फेरि लकडाउन र प्रतिबन्धहरु घोषणा गर्न थालिएका छन् । कोभिड सङ्क्रमण तिब्र रुपमा फैलिएपछि जारी गरिएका लकडाउनको विरोधमा पनि मानिसहरु सडकमा उत्रिएका छन् भने कोभिडको खोपको विश्वसनीयतामाथि शङ्का उत्पन्न भएपछि थप समस्या सिर्जना भएको छ ।

युरोपेली आयोगका आयुक्त थिएरी ब्रेटोनले जुलाई १४ सम्ममा अर्थात् अबका चार महिना भित्रमा युरोपमा रोगप्रतिरोधी क्षमता (इम्युनिटी) तयार हुने बताएका छन् । फ्रान्सेली प्रशारक टिएफ१ सँग कुरा गर्दै उनले भने, “कोरोना महामारीलाई परास्त गर्न एउटा मात्रै उपाय छः त्यो हो खोप । अहिले बजारमा खोप उपलब्ध हुनेक्रम बढेको छ ।”

फ्रान्सको एक तिहाईभन्दा बढी जनसंख्या अहिले लकडाउनमा छ भने लकडाउन र कडा प्रतिबन्धका विरुद्धमा जर्मनी, आम्स्टर्डम, बुल्गेरिया र स्वीट्जरल्यान्डमा प्रदर्शन भइरहेका छन् ।

रगत जम्ने समस्या देखिएको आशंकामा अस्ट्राजेनिकाको खोप लगाउनेक्रम स्थगित भएको र युरोपेली मुलुकमा अस्ट्राजेनिकाको खोपको उपलब्धतामा कमी आएकाले पनि युरोपमा समस्या देखिएको छ ।

तर युरोपेली औषधि नियामक निकायले अस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको जनाएसँगै खोप अभियान पुनः शुरु भएको छ ।

आयुक्त ब्रेटोनले यही मार्च र जुन महिनाबीचको अवधिमा युरोपमा कम्तीमा ३० देखि ३५ करोड डोज खोप उपलब्ध हुने विश्वास व्यक्त गरे । उनले युरोपमा ५५ वटा कारखानाबाट खोप उत्पादन हुने भएकाले पनि खोपको उपलब्धतामा समस्या नरहने बताए ।

(https://veroinn.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
सरकारले टुटल पठाओलाई संरक्षण गरे विद्रोह गर्ने ट्याक्सी व्यवसायीको चेतावनी
सरकारले टुटल पठाओलाई संरक्षण गरे विद्रोह गर्ने ट्याक्सी व्यवसायीको चेतावनी
प्रदेशको राजधानी सरकारले तोक्न सक्दैन – मन्त्री थापाले
प्रदेशको राजधानी सरकारले तोक्न सक्दैन – मन्त्री थापाले
बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा
बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
सेना परिचालन गरेर भारतसँगका २० नाकामात्र खोल्ने
सेना परिचालन गरेर भारतसँगका २० नाकामात्र खोल्ने
नेपालको शानदार जित, एमसिसि ९ विकेटले पराजित
नेपालको शानदार जित, एमसिसि ९ विकेटले पराजित
Aishwarya Rai Instagram debut ‘And I was born again’ gets only 1.24 Lakhs followers in 24 Hours !
Aishwarya Rai Instagram debut ‘And I was born again’ gets only 1.24 Lakhs followers in 24 Hours !
सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति
सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति

तपाईंले छुटाउनुभयो कि?