नवलपुरबाट १ लाख ३३ हजार नगदसहित ९ जुवाडे पक्राउ
सारांश
- नवलपरासी, २९ मंसिर ।
- नवलपरासीमा गएराती ९ जना जुवाडे रंगेहात पक्राउ परेका छन् ।
- कौडा खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ३३ हजार नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
नवलपरासी, २९ मंसिर । नवलपरासीमा गएराती ९ जना जुवाडे रंगेहात पक्राउ परेका छन् । कौडा खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ३३ हजार नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कावासोतीका ३८ वर्षीय अर्जुन गिरी, २० वर्षीय एनिस गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, ४३ वर्षीय तीलकराम महतो र ४० वर्षीय दीपक भण्डारी छन् । त्यस्तै, बर्दघाटका ३५ वर्षीय छविलाल शर्मा, २८ वर्षीय लालबहादुर तमाङ्ग, ३५ वर्षीय श्यामबहादुर श्रेष्ठ र लमजुङका २४ वर्षीय कविता गुरुङ रहेका छन् । पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालय नवलरासीमा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया