कांग्रेस पार्टी समाप्त हुने कांग्रेसकै नेता सिटौलाको यस्तो आँकलन
सारांश
- काठमाडौं, १८ फागुन ।
- नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस पार्टी समाप्त हुने बताएका छन् ।
- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.
काठमाडौं, १८ फागुन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस पार्टी समाप्त हुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले राजधानीमा आयोजना गरेको “समसामयिक राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका” विषयक गोष्ठीमा बोल्दै सिटौलाले त्यस्तो धारणा राखेका हुन् ।
“नेपाली कांग्रेसले परिवर्तन खोजिरहेको छ”, नेता सिटौलाले भने, “परिवर्तित समयसँगै काँग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुनेछ ।” काँग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनुपर्ने आवश्यकता उनले औंल्याए । नेता सिटौलाले निर्वाचनमा काँग्रेसको नीतिगत, रणनीतिगत, निर्णायक, व्यवहारिक पक्षमा गम्भीर त्रुटि भएका कारण पराजित हुनुपरेको उनले बताए । काँग्रेसभित्र वैचारिक बहस चलाउनुपर्ने बेला आएको उनको भनाइ थियो । नेता सिटौलाले कम्युनिष्टहरु सरकारमा हुँदा आफ्ना लागि काम गर्ने तर राष्ट्रका लागि काम नगर्ने प्रवृत्ति भएको आरोप पनि लगाए ।
Lila Sharma
काङ्ग्रेस देउवाका कारण समाप्त हुन्छ।
Pharshuram Kandel
Ho
Innocence Heart
Actually this guy सिटौला is virus (mean like acid) of the congress. Another Deuba never use the Human sense while he speech out.
Rupesh Chaudhary
Party kamjor vako hoena!!!
R party kahilea kamjor pani Hudeana.
Timi harujasta le Garda party kamjor vako ho. So mind it…..
रेवती रमण कार्की
swavabik ho aba 5 barsa samma ma sakinxa vanne lagya xa hamlai
Devi Bahadur Kc
जनता को भलाइमा सिनको भाचया छैन आदरसका कुरा गरेर जनताको मत आउदैन चेतना भया हजुर
Gyanu Khawash
Congresko samaptu nabhaya samma sukhi nepali samridda nepalko kalpana garna sakidaina
Mangara Mahato
Congres le janeko kam vot matra bhayera
Saud Krishna
हो त भारत मा कांग्रेस कसरी तल झर्यो त्यसै गरी नेपाली कांग्रेस पनि अब को 30 बर्ष सरकार मा आउदैन
त्यसका लागि प्रचण्ड र केपी ले यही 5 बर्ष भित्र 100% मा 70% पनि बिकास गर्यो भने मात्र
Maoze Netra
Khatamhunai parthyo 70 barsha pahile dhilobhachhaina aba dhilonagaram haiit kalo congress nepal siddyayo
Saud Krishna
कांग्रेस पार्टी ठीक छ
परिवर्त को कुरो आयो त्यों यक दम सही भन्नु भयो
कांग्रेस पार्टी परिवर्तन हुनु पर्छ
यी तिन कुरा कांग्रेस पार्टी भित्र हुनु पर्छ
गुटबन्दी नातावाद, र युवालाइ नेतृत्व दिनु पर्छ पुराना पुस्ता सलाहाकार मा रहनु पर्छ,
राष्ट्र भक्तिमा पार्टी सही साबित हुनु पर्छ भारतीय दलाली बाट मुक्त भय नेपाली कांग्रेस 1 मा आउँछ
Anil Rai
सुखमा मातिएपछी एस्तैहाे राम नाम सत्ते …