इलाममा पुस २० मा लगानी सम्मेलन हुने
सारांश
- काठमाडौं, १ पुस ।
- इलाममा यहि पुस २० गते लगानी सम्मेलन हुने भएको छ ।
- लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ ।
काठमाडौं, १ पुस । इलाममा यहि पुस २० गते लगानी सम्मेलन हुने भएको छ । लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि विभिन्न समयमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै इलाम नगरपालिका र इलामे नागरिकका तर्पmबाट उहाँलाई सम्मान तथा नागरिक अभिनन्दन गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
बाह्य लगानी कम भएको भन्दै नगरपालिकाले कृषिजन्य उद्योग, पर्यटन, उच्च शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटी उद्योगको प्रवद्र्धनका लागि लगानी सम्मेलन गर्न लागेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया