शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
सारांश
- आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देशैभर स्वतन्त्र उम्मेदवारहरुको लर्को लागेको छ ।
- विभिन्न एजेण्डासहित स्वतन्त्र उम्मेदवारहरु यतिबेला मतदाताको ध्यान खिच्न व्यस्त छन् ।
- यही माहोलमा संगीतकार तथा शैक्षिक अभियन्ता तेन्जिङ भुटियाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देशैभर स्वतन्त्र उम्मेदवारहरुको लर्को लागेको छ । विभिन्न एजेण्डासहित स्वतन्त्र उम्मेदवारहरु यतिबेला मतदाताको ध्यान खिच्न व्यस्त छन् । यही माहोलमा संगीतकार तथा शैक्षिक अभियन्ता तेन्जिङ भुटियाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । भुटिया संखुवासभाको प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवार हुन् । संखुवासभाको भोटखोला–२ च्यामताङमा जन्मिएका भुटिया मुलुकको बिग्रँदो देखेर चुप लागेर बस्न नहुने भन्दै चुनावी मैदानमा उत्रिएको बताउँछन् ।
साथै, संखुवासभाको मुहार फेर्न पनि आफ्नो उम्मेदवारी रहेको उनले पुष्टि गरे । लामो समय सामाजिक कार्य र शैक्षिक गतिविधिमा विताएका भुटियालाई संखुवासभाको विकास नुहनुमा भ्रष्टाचार र विसंगती मुख्य कारण लाग्छ ।
मतदाता भेटघाटमा सक्रिय रहेका भुटिया सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँछन् । त्यसैले उनी निर्वाचन जित्नेमा लगभग विश्वस्त देखिएका छन् । संखुवासभाबाट विजयी हुनेहरुले केही नगरेपछि यहाँका मतदाताहरु आजित भएको उलने सुनाए ।
भुटियाले यहाँ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेसका दिपक खड्का र एमालेका उम्मेदवार राजेन्द्र गौतमसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
भुटियाका प्रतिवद्धता यस्ता छन्
यदी आफु निर्वाचित भएमा अवस्थामा सडक सञ्जाल विस्तार गर्नेदेखि शिक्षा, स्वास्थ्य, विजुली, सञ्चारलगायतका थुप्रै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।
भुटियाको प्रतिवद्धताको प्राथमिकतामा शीघ्र किमाथांका–जोगमनी सडकलाई कालोपत्रे गर्ने साथै आफ्नो जिल्लामा रहेका प्रत्येक पालिकासम्म पुग्ने पक्की सडकको संजाल विस्तार गर्ने रहेको छ ।
जिल्लाको शिक्षालाई सुधार गर्न आफ्नै नेतृत्वमा जिल्लामा रहेको प्रत्येक पालिकामा कम्तीमा एउटा नमुना विद्यालय स्थापना गर्ने साथै जिल्लामा एउटा स्नातक तहसम्म अध्ययन गर्न मिल्ने गरि कलेज र प्राविधिक कलेज निर्माण गर्ने । प्रत्येक वडामा प्रयोगशाला सहितको स्वास्थ्य चौकी, प्रत्येक गाउँपालिकामा प्रयोगशाला सहितको १५ शैयाको अस्पताल र प्रत्येक नगरपालिकामा अत्याधुनिक प्रयोगशाला सहितको २५ शैया भएको अस्पताल निर्माण गर्ने पनि उनको प्रतिवद्धतामा उल्लेख छ ।
जिल्लाभरका आम जनतालाई निशुल्क बिजुली प्रदान गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने, जिल्लाका सबै गाउँमा फोरजी मोबाइल नेटवर्क उपलब्धताको ग्यारेन्टी गर्ने, जिल्लावासीलाई कुनै पनि समस्यामा परेर काठमाडौं जानू पर्ने बाध्यता आइपर्दा काठमाडौंमा जिल्लावासीको सुविधाको लागि संखुवासभा घर निर्माण गर्ने उनको योजना छ ।
भुटियाको प्रतिवद्धतामा कुनै सरकारी वा गैरसरकारी परियोजनाले आफ्नो परियोजना सम्पन्न गर्न जिल्लावासीको निजी सम्पत्ति आफ्नो स्वामित्वमा लिनु पर्ने अवस्था सृजना हुँदा सहि मुआब्जाको लागि संघर्ष गर्ने, पिउने पानीको समस्यालाई समाधान गर्न द्रुतगतिमा पानीका मुहानहरुको अध्यन गरि घरघरमा नै पिउने पानीको व्यवस्था गर्ने पनि समावेश गरिएको छ ।
त्यस्तै, जिल्लामा रहेका श्रोत साधनहरुलाई प्रयाप्त मात्रमा प्रयोग गर्दै युवाहरुलाई सीपमुलक तालिम प्रदान गरि युवा स्वरोजगार सिर्जना गर्न साथै जिल्लामा नै उत्पादन हुने जडिबुटीलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने, सुत्केरी भत्ता, नाबालिग भत्ता र ६० वर्षपछि आम जनतालाई राज्यले नै पालन पोषण गर्ने व्यवस्था जस्ता सपनाहरुलाई साकार पार्न संसदमा आफ्नो माग राख्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा ध्यान दिने, नयाँ पर्यटक पथमार्ग निर्माण, चार धाम निर्माण र ठाउँ ठाउँमा होम स्टे एवम होटल व्यवसाय संचालनमा जोड गर्ने, कृषिलाई आधुनिकिकरण गर्दै बाँझो जमिनहरुमा समेत सिँचाइको व्यवस्था गरि मौसमी बेमौसमी अन्नबाली र तरकारी उत्पादनमा जोड गरि जिल्लालाई खाद्यान्न उत्पादनमा आत्मानिर्भर बनाउनुका साथै जिल्लालाई शतप्रतिशत अर्गानिक जिल्लामा परिवर्तन गर्न किसानहरुसँग समन्वय कुराहरु उनले प्रमुख प्रतिवद्धताभित्र समावेश गरेका छन् ।
त्यसैगरी लोप हुँदै गरेका संस्कृति, भाषा, संस्कार एवम पुर्खाले बजाएर आएका बाजागाजाको संरक्षण एवम धार्मिक सम्पदाहरुको संरक्षण साथै प्रवद्र्धन गर्ने, मातृभाषा शिक्षालाई उच्च–प्राथमिकतामा राखी स्थानीय किरात सिरिजंगा लिपि, लिम्बु लिपि र सम्बोटा लिपि इत्यादीको पाठ्यक्रम बनाई विद्यालयमा पठन–पाठन गराउन साथै कम्तिमा एउटा राष्ट्रियस्तरको प्राबिधिक शिक्षालयको निर्माण गर्ने उनको एजेण्डा छ ।
त्यस्तै, युवाहरुलाई उद्यमशील बनाउन एवम राष्ट्रिय कलाकार साथै खेलाडीमा परिणत गर्न जिल्लामा “संखुवासभा युवा प्रतिष्ठान निर्माण गर्ने, जिल्लावासीको समस्या बारे जानकारी लिन र समस्याको समाधान खोज्न हप्तामा एक पटक स्थानीय रेडियो र विभिन्न सामाजिक संजालमा “जनतासँग जनप्रतिनिधि’ नामक प्रत्यक्ष कार्यक्रम सञ्चालन गर्ने साथै जिल्लामा भइरहेका विकासका कामहरुको अनुगमन गर्न कम्तीमा महिनाको एकपटक जिल्लाको एउटा पालिकामा अनिवार्य उपस्थित हुने प्रतिवद्धतामा उल्लेख छ ।
साथै, सडक दुर्घटना न्यूनीकरण गर्न एवम आम जनताको जीउ धनको सुरक्षाको लागि जिल्लाको सडकहरुमा भएका अनावश्यक घुम्तीहरुलाई हटाएर सुरक्षित र बलियो सडक निर्माणमा जोडदिने साथै विद्यालय स्तरमा नै ट्राफिक नियम बारे कक्षा, महिला र बालबालिका शोषण बारे कक्षाहरु सञ्चालन गर्ने, संखुवासभा जिल्लाबाट आफ्नो अध्ययनको लागि काठमाडौं जान चाहाने बालबालिकाहरुलाई ध्यानमा राखी, उनीहरुको सुविधाको लागि राजधानीका विभिन्न विद्यालय र कलेजहरुसँग विद्यार्थीको आर्थिक अवस्था अनुसार पचास प्रतिशत देखि शत प्रतिशतसम्म छुटको व्यवस्था गर्न÷गराउन सहमति गर्ने बताएका छन् ।
Inscription Binance
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.