आगलागीमा ६ वटा घर जलेर नष्ट
सारांश
- लहान १,पुष।
- सप्तरीको बोदे बर्साइन नगरपालिका–७, बगबिरा टोलमा गएराति भएको आगलागीमा ६ वटा घर जलेर नष्ट भएका छन् ।
- लामखुट्टे धपाउनको लागी स्थानीयवासी गेनी दासको गाईगोठमा बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको र सोहि आगो तत्काल नियन्त्रणमा नआउँदा अन्य घरमा फैलिएको प्रहरीले जनाएको छ ।
लहान १,पुष। सप्तरीको बोदे बर्साइन नगरपालिका–७, बगबिरा टोलमा गएराति भएको आगलागीमा ६ वटा घर जलेर नष्ट भएका छन् ।
लामखुट्टे धपाउनको लागी स्थानीयवासी गेनी दासको गाईगोठमा बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको र सोहि आगो तत्काल नियन्त्रणमा नआउँदा अन्य घरमा फैलिएको प्रहरीले जनाएको छ ।आगलागीबाट गेनी दासको दुई घर, कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको किराना पसल जलेर नष्ट भएको छ ।
आगलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन् भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंहले जानकारी दिएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया