कांग्रेस सभापति देउवा घेराबन्दीमा, जिल्ला सभापतिहरुले मच्चाए हंगामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कांग्रेस सभापति देउवा घेराबन्दीमा, जिल्ला सभापतिहरुले मच्चाए हंगामा

सारांश

  • पार्टीका असन्तुष्ट ५१ जना जिल्ला सभापतिको भेलाको निर्णयसँगै कांग्रेसमा एक किसिमको तरंग पैदा भएको छ ।
  • भेलामा पार्टीको आन्तरिक राजनीति र सभापतिको कार्यशैलीप्रती जिल्ला सभापतिहरुले व्यापक असन्तुष्टि मात्र जनाएनन् विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका छन् ।
  • महासमितिमा दिएको सुझावविपरीत केन्द्रीय समितिले पार्टीको विधान पारित गरेपछि असन्तुष्ट कांग्रेस जिल्ला सभापतिले काठमाडौंमा दुई दिने भेला ग¥योे ।

पार्टीका असन्तुष्ट ५१ जना जिल्ला सभापतिको भेलाको निर्णयसँगै कांग्रेसमा एक किसिमको तरंग पैदा भएको छ । भेलामा पार्टीको आन्तरिक राजनीति र सभापतिको कार्यशैलीप्रती जिल्ला सभापतिहरुले व्यापक असन्तुष्टि मात्र जनाएनन् विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका छन् ।

महासमितिमा दिएको सुझावविपरीत केन्द्रीय समितिले पार्टीको विधान पारित गरेपछि असन्तुष्ट कांग्रेस जिल्ला सभापतिले काठमाडौंमा दुई दिने भेला ग¥योे । गत पुसमा भएको महासमिति बैठकले दिएको सुझावविपरीत केन्द्रीय समितिले पार्टीको विधान पारित गरेपछि काङ्रेसका जिल्ला सभापतिहरू असन्तुष्ट भएका हुन् ।

त्यही असन्तुष्टिलाई मुख्य एजेण्डा बनाएर सुरु भएको बैठकमा जिल्ला सभापतिहरु शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध प्रस्तुत भएपछी काङ्रेसका जिल्ला सभापतिहरु दुई धारमा बाडिएका हुन् । बैठकमा सहभागी भएका नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पार्टी सभापति महासमिति बैठकको सुझावविपरीत गएकाले भेला डाक्नुपरेको बताउँछन् ।

देउवापक्षका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा भने देउवा महासमितिको निर्णय विपरित नगएको भन्दै यसरी बचाउ र्गछन् ।

गत पुसमा काठमाडौमा सम्पन्न महासमिति बैठकमा जिल्ला सभापतिसहित बन्दसत्रका सहभागीले सबै केन्द्रीय नेता पनि तल्लो तहबाटै निर्वा्चित भएर आउनुपर्ने प्रावधान विधानमा राख्न सुझाएका थिए ।

समावशी कोटामा एक व्यक्तिले एकपटक मात्रै अवसर पाउनुपर्ने माग उनीहरूको थियो। त्यतिबेला सभापति देउवाले महासमितिमा उठेका सबै विषयलाई केन्द्रीय समितिबाट अनुमोदन गराउने आश्वासन दिएका थिए तर केही समयपछि बसेको केन्द्रीय समितिले सभापतिको आश्वासनविपरीत विधान पारित गरेको थियो ।

यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहले नोट अफ डिसेन्ट लेखेका थिए । त्यसपछि जिल्ला सभापति पनि असन्तुष्ट भएका हुन् । यसअघि मंसिर दोस्रो हप्ता जिल्ला सभापतिहरुले नुवाकोटको ककनीमा बैठक गरेर सामूहिक धारणा बनाएका थिए। महासमिति बैठकको पूर्वसन्ध्यामा भएको बैठकपछि जिल्ला सभापतिहरूले विधानमा समावेश गर्नुपर्ने बुँदाहरू नेतृत्वसमक्ष बुझाएका थिए ।

त्यसअघि गत असारमा पनि जिल्ला सभापतिहरुको औपचारिक भेला आयोजना गरिएको थियो । गत फागुन १३ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा विधान पारित गरेपछि जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर निर्णय सच्याउन माग गरेका थिए ।

यसरी पटक पटक पाटी नेतृत्वको ध्यानाकर्षण गर्दासमेत बेवास्ता गरेको भन्दै असन्तुष्ट पक्षले दुईदिने भेलाको निष्कर्षस्वरूप विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?