अमेरिकाले लगायो चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
३० पटक हेरिएको
Shares
अमेरिकाले लगायो चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप

सारांश

  • काठमाडौं ।
  • अमेरिकाले चीनमाथि आफ्ना सरकारी एजेन्सीहरु ह्याक गर्ने प्रयास गरेको आरोप लगाएको छ ।
  • अमेरिकी न्याय विभागले चीनका दुई नागरिकहरुलाई उनीहरुले पश्चिमा देशहरुको सरकारी एजेन्सीहरुमाथि ह्याक गरेको आरोप लगाएको हो ।

काठमाडौं । अमेरिकाले चीनमाथि आफ्ना सरकारी एजेन्सीहरु ह्याक गर्ने प्रयास गरेको आरोप लगाएको छ । अमेरिकी न्याय विभागले चीनका दुई नागरिकहरुलाई उनीहरुले पश्चिमा देशहरुको सरकारी एजेन्सीहरुमाथि ह्याक गरेको आरोप लगाएको हो ।

अमेरिकी न्याय विभागले एजेन्सीहरु ह्याक गर्ने प्रयास गर्ने झु हुआ र झैंग शिलोंग रहेको बताएको छ । उनीहरु एडभान्स परसिसटेन्ट थ्रेट १० समूहका सदस्य हुन् । जुन समूह चीनको गुप्तचर निकायसँग जोडिएको छ ।

अमेरिकाका साथै अस्ट्रेलिया, क्यानडा, जापान, नेदरल्याण्ड, न्युजील्याण्ड, स्वीडेनले पनि चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?