ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२० पटक हेरिएको
Shares
ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा

सारांश

  • काठमाडौं ।
  • अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् ।
  • सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत भएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिएका हुन् ।

काठमाडौं । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् । सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत भएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी गर्दै नयाँ रक्षामन्त्री छिट्टै नियुक्त गर्ने घोषणा गरेका छन् ।

म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने छन् । रक्षामन्त्रीको राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पका लागि अर्को ठूलो झट्काको रुपमा हेरिएको छ । ट्रम्पले सिरियामा आईएसविरुद्धको लडाईं समाप्त भएको उद्घोष गर्दै त्यहाँ तैनाथ सम्पूर्ण सेनालाई अमेरिका फर्काउने घोषणा गरेका थिए । सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ छन् ।

यस्तै, बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?