हेटौंडा औद्योगिक क्षेत्रको साधारण सभा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
हेटौंडा औद्योगिक क्षेत्रको साधारण सभा सम्पन्न

सारांश

  • हेटौडा, २१ मङ्सिर।
  • हेटौडा औद्योगिक क्षेत्रले आफ्नो ५५ औ साधारण सभा सम्पन्न गरेको छ।
  • औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्द किशोर बस्नेतको सभाध्यक्ष तथा प्रदेश न ३ का उद्योग ,पर्यटन ,बन तथा वातावारण मन्त्री अरुण नेपालको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक नेपाल भूषण बैद्य , उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल , औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष माधब अधिकारी लगायतले आफ्नो मन्तब्य राख्न्नु भएको थियो।

हेटौडा, २१ मङ्सिर। हेटौडा औद्योगिक क्षेत्रले आफ्नो ५५ औ साधारण सभा सम्पन्न गरेको छ। औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्द किशोर बस्नेतको सभाध्यक्ष तथा प्रदेश न ३ का उद्योग ,पर्यटन ,बन तथा वातावारण मन्त्री अरुण नेपालको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक नेपाल भूषण बैद्य , उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल , औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष माधब अधिकारी लगायतले आफ्नो मन्तब्य राख्न्नु भएको थियो।

प्रमुख अथिति प्रदेश उद्योग मन्त्री अरुण नेपालले हालको हाम्रो देशको भौगोलिक अवास्था र भू बनौटका कारण परम्परागत कृषि प्रणालीले देशको आर्थिक अवस्थामा सुधार हुन् नसक्ने भन्दै समृद्दिको लागि उद्योगधन्दाको बिकाश हुनु पर्ने माग जोड दिनुभयो । आफ्नो प्रदेश ३ अन्तर्गत ४ वटा औधोगिक क्षेत्रहरु रहेको र सबै औद्योगिक क्षेत्रहरूले अझै राम्रो उन्नति गर्नुपर्ने भन्दै वहाले देश बिकाशमा यिनीहरुले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो। समृद्दिकै मुख्य आधार भनेकै उद्योग पर्यटन र जलस्रोतको बिकाश भएकै कारण सोहि अनुरुप नीति तथा कार्यक्रम र बजेट समेत बनाइ अहिले कार्वान्वायनको चरणमा रहेको पनि बताउनु भयो ।

प्रदेश न ३ मा उद्योग मैत्री वातावरण बनाएर बाय्ह लागनी समेत आकर्षण गर्न चाहेको बताउदै वहाले व्यवसायीलाइ सम्मानित र गौरवान्वित महशुस हुने वातावरण बनाएर छाडने बताए ।उद्योगी व्यवसायीको कुनै पनि समस्या समाधन गर्न सरकार तयार रहेको भन्दै आफुले औद्योगिक क्षेत्रलाइ प्रदेश सरकार अन्तर्गत राख्न आग्रह गरेको र सोहि अनुसार गृहकार्य भै रहेको पनि बताए। प्रदेश उद्योग सचिब शिब कुमार वाग्लेले उध्योगीहरुसंग आफुहरु सहकार्य गर्न तयार रहेको बताउनु भयो भने औधोगिक क्षेत्र व्यवस्थापन केन्द्रका अध्यक्ष तथा महाप्रबन्धक नन्द किशोर बस्नेतले अहिलेको नीतिले उद्योग स्थापना र बिदेशी लगानी ल्याउन नसकिने भन्दै बैदेशिक लगानीको लागि उपयुक्त नीति आवश्यक रहेको बताउनु भयो ।

उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले सबै भन्दा ठुलो औधोगिक क्षेत्र भएर पनि यहाँ अझै भौतिक पूर्वाधार पर्याप्त हुन् नसकेको र उद्योग प्रबर्धनमा राज्यले ध्यान दिन नसकेको बताउनु भयो। कार्यक्रममा हेटौडा औद्योगिक क्षेत्र व्यवथापन लि का प्रबन्धक नेपाल भुषण बैद्यले स्वागत मन्तब्य राख्नु भएको थियो भने राजेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो। २०२० सालमा अमेरिकन सरकारको सहयोगमा स्थापित औद्योगिक क्षेत्रमा १३५ उद्योगहरू मध्ये १०१ संचालनमा रहेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुममा माओवादीको ‘क्लिनस्वीप’, ६ वटै स्थानीय तहमा विजयी
रुकुममा माओवादीको ‘क्लिनस्वीप’, ६ वटै स्थानीय तहमा विजयी
युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छः युवा नेता पौडेल
युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छः युवा नेता पौडेल
संघीयता कार्यान्वयनमा संघ तत्पर भएन : मुख्यमन्त्री गुरुङ
संघीयता कार्यान्वयनमा संघ तत्पर भएन : मुख्यमन्त्री गुरुङ
चुडामणी शर्मालाई सर्वोच्चको थुनामुक्त गर्न आदेश, थुनामुक्त भएपनि सुनुवार्इ जारी रहने
चुडामणी शर्मालाई सर्वोच्चको थुनामुक्त गर्न आदेश, थुनामुक्त भएपनि सुनुवार्इ जारी रहने
बैतडीको दोगडाकेदारमा ३७ वर्षीय युवकको हत्या
बैतडीको दोगडाकेदारमा ३७ वर्षीय युवकको हत्या
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा
संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा
घरका हरेक सदस्य अपांग, सहयोगको अपेक्षामा कुश्मीदेवी
घरका हरेक सदस्य अपांग, सहयोगको अपेक्षामा कुश्मीदेवी
दुई हजार वर्ष पुरानो जहाज भूमध्यसागरमा भेटियो
दुई हजार वर्ष पुरानो जहाज भूमध्यसागरमा भेटियो
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (पूर्णपाठ)
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?