पत्रकार सम्मेलनमै पारस शाहकाे धुम्रपान पाेज !
सारांश
- काठमाडाै, २१ असार ।
- विवादमा आइरहने पूर्वयुवराज पारस शाहले पत्रकार सम्मेलनमै धुम्रपान गरेका छन् ।
- भैरहवामा आयोजित ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् ।
काठमाडाै, २१ असार । विवादमा आइरहने पूर्वयुवराज पारस शाहले पत्रकार सम्मेलनमै धुम्रपान गरेका छन् ।
भैरहवामा आयोजित ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् । उनले झन्डै २० मिनेट पत्रकारसँग सवाल–जवाफ गर्नेक्रममा तीनपटक धुम्रपान गरे ।
आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको शाहले बताए । जेठ २२ गते मनकामनाबाट सुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा र लमजुङ हुँदै भैरहवा आइपुगेका हुन् ।
अभियानबारे पत्रकारलाई जानकारी दिन निमन्त्रणा गरिए पनि पूर्वयुवराजले कार्यक्रमस्थलमै धुम्रपान गरेपछि मुख्य विषय छायामा पर्यो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया