पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी

सारांश

  • काठमाण्डौ, १८ भदाै ।
  • नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.
  • केदारनरसिंह केसीले नेपालका डाक्टरबाट असल सेवा लिनुभन्दा पनि दुःखदिने काम बढि भएकभो गुनासो गरेका छन् ।

काठमाण्डौ, १८ भदाै । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले नेपालका डाक्टरबाट असल सेवा लिनुभन्दा पनि दुःखदिने काम बढि भएकभो गुनासो गरेका छन् ।नेपाली रेडियो  नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै केसीले चिकित्सक निरुत्साहित हुने गरी ऐन बनाइएकाले आफूहरु सडकमा जानु परेको बताए ।धेरै दुःख गरेर डाक्टर बनेकाहरुलाई सरकारले उपेक्षा गरेको उनको आरोप छ । “५० औँ वर्ष चिकित्सा क्षेत्रमा विताएका छौँ । तर हामीलाई बदनियत चिताई उपचार गर्न नहुने भनेर जुन कानुन ल्याइएको छ, जसले काम गर्ने वातावरण विग्रिएको छ ।” केसीले भने ।

आफूहरुको लडाई जनताको लागि भएको उनको दावी छ । अहिलेको नियम कार्यान्वयन हुँदा चिकित्सकले राम्रोसँग विरामीको उपचार गर्न नसकिने भएकाले नियम संशोधन गर्नुपर्ने उनको तर्क छ ।“यही किसिमको नियम हुने हो भने पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ । त्यसैले लाइसेन्स बुझाएका हौँ ।” केसीले भने ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Shiva Aryal

    Rip

    Comment Author

    Jivan Panday

    राजनीतिको हावा !

    Comment Author

    Gaire Jhabindra

    दाहिने को उपचार गर्नु पर्ने ले बायाँ चीर्फार गर्ने डाक्टर् लाई बालुवा चाल्न होइन गिट्टि कुट्न पठाउनु पर्छ ……

    Comment Author

    Prakash Thapa

    Laaisens bujhaayeko doctorharuko khaarej garehunchha sarkaar.dhamkaauneharulaai kaarbashigarnupatchha.natra bholi bikriti lyauchha.

    Comment Author

    Narayan Bhattarai

    म 5/6 महिना बि, एन डि हस्पिटल बसेको मान्छे हु तिमी जस्ता डक्टर जहाँ ठूलो पैसा छ तेहि जान्छौं सुरु मा हेर्ने पछि सिकौटे MBBs गरेका ड्क्टर ले हेर्दा कति बिरामी को हात खुटा खराब गरेका छ्न कति मरेका छ्न तेस मध्ये एक म पनि पर्छु हात को उपचार गर्दा खुट्टा खराब गरेर अपरेसन गर्नु परेतो तिमी हरु ला पैसा मात्र चाइयो बिरामी जे जस्तो होउस तिमी हरु ला कडा कानुन मा बाधन जरुरी छ सरकार ले ठिक गरेको छ अब त राम्रो शीत उपचार गर्नु परो लाहापर्बाही गरे जेल जानू परो तो भन्दा पहिला बालुवा चाल्न गय हुन्छ कालो गय गोरो आउँछ बिरोज गार भयर बसेका राम्रा राम्रा डक्टर फाल्टु बसेका छन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?