दाङमा बस दुर्घटना, १६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
दाङमा बस दुर्घटना, १६ जनाको मृत्यु

सारांश

  • दाङ ६,पुस।
  •  सल्यानको छायाक्षेत्र गई फर्कने क्रममा दाङको तलुसीपुर नगरपालिका ३ राम्री भन्ने ठाउँमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
  • बा ४ ख ९७६६ नम्बरको बस सडकबाट ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दाङ ६,पुस। सल्यानको छायाक्षेत्र गई फर्कने क्रममा दाङको तलुसीपुर नगरपालिका ३ राम्री भन्ने ठाउँमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।बा ४ ख ९७६६ नम्बरको बस सडकबाट ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दाङ-सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर ३ राम्री र हरनेटी बीच भागमा पर्ने घुम्तीनेर विद्यार्थी बोकेको बस शुक्रबार बेलुकी ५ बजेतिर दुर्घटनामा परेको थियो,बसमा यसै शैक्षिक सत्रदेखि दाङमा सञ्चालन भएको शहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक रहेका थिए। उनीहरु सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदा दुर्घटना भएको थियो।

उक्त घटनामा १० जना घाइते रहेका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ।गम्भीर घाइते दुईजनालाई नेपालगञ्ज रिफर गरिएको छ भने अन्य घाइतेहरूको उपचार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भइरहेको जानकारी प्रहरी ले दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?