कांग्रेसको फेर नसमात्न वाम गठबन्धन : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कांग्रेसको फेर नसमात्न वाम गठबन्धन : प्रचण्ड

सारांश

  • चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको फेर समातेर सरकारमा जानुपर्ने अवस्था अन्त्यका लागि वाम गठबन्धन गरेको बताएका छन् ।
  • दुई पार्टीले आँट नगर्दा सरकार सञ्चालनको डाडुपन्यूँ कम्युनिस्टको हातमा नआउने भएकाले मिल्नुको विकल्प नभएको उनको भनाइ छ।
  • ‘अब पनि हामी दुई पार्टी नमिल्ने हो भने कांग्रेसको फेर समातेर सरकारमा जानुपर्ने अवस्था आउँछ’, उनले भने, ‘एकताबिना कम्युनिस्टको हातमा डाडुपन्यूँ आउँदैन ।

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको फेर समातेर सरकारमा जानुपर्ने अवस्था अन्त्यका लागि वाम गठबन्धन गरेको बताएका छन् ।दुई पार्टीले आँट नगर्दा सरकार सञ्चालनको डाडुपन्यूँ कम्युनिस्टको हातमा नआउने भएकाले मिल्नुको विकल्प नभएको उनको भनाइ छ।

‘अब पनि हामी दुई पार्टी नमिल्ने हो भने कांग्रेसको फेर समातेर सरकारमा जानुपर्ने अवस्था आउँछ’, उनले भने, ‘एकताबिना कम्युनिस्टको हातमा डाडुपन्यूँ आउँदैन । त्यसैले कार्यकर्ताले झकझकाउनुपर्छ ।’

उनले ७० वर्षको समीक्षा गरेर नेतृत्वले पार्टी एकीकरण गर्न लागेको उल्लेख गर्दै त्यसमा शंका नगर्न कार्यकर्तालाई आग्रह गरे । लामो समयपछि पार्टी एकीकरणले मूर्तरूप लिन लागेको उनले बताए । मदन भण्डारी हुँदा एकीकरणको प्रयास भएको सुनाउँदै उनले अहिले सफल हुन लागेको बताए ।

भरतपुरमा आयोजित कार्यक्रममा उनले एमाले र माओवादी केन्द्रबीच धेरै वर्षपछिको एकता प्रयास सफल हुन लागेको सुनाएका हुन् । ‘१० दिन मात्र निर्वाचन सारेको भए हामी पार्टी एकीकरण गरेर निर्वाचनमा जान्थ्यौं’, उनले भने, ‘ धेरै वर्षपछि एकीकरण हुन लागेको छ सबै तात्नुपर्छ ।’

उनले रोल्पाको लोसेवाङमा एमाले र माओवादीबीच सहमति गरेर संविधानसभामा जाने सहमति १२ बुँदेभन्दा अघि नै गरेको खुलाए । ‘नेपाल र भारतमा धेरै पटक एमालेका नेतासँग वार्ता भएपछि मात्र १२ बँुदे सम्झौता भएको हो’, उनले भने, ‘त्यही बेलादेखिको प्रयास साकार हुँदै छ ।’

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Megh Nath Basnet

    ya pahila samatera xori jitaiyo abasar badi neta

    Comment Author

    Sushila Karki

    yasta netalai vanxan dai churea

    Comment Author

    Gopal Karki

    Congresa ko fer samayara xori lai mayur jitako yati chadai birseko kamred.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?