जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल

सारांश

  • काठमाडौ– राजनीतिक दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरेका घोषणापत्र/प्रतिबद्धतापत्र मतदातालाई भ्रम छर्ने दस्तावेजका नमूना बन्ने देखिएका छन् ।
  • वर्षौदेखि उस्तै योजना र सपना अघि सार्दै भोट माग्दै आएका दलहरूले यस पटकको चुनावमा पनि आफूहरूले तयारी पारेका घोषणापत्रमा ठूला ठूला विकास, रोजगारीमूलक कार्यक्रम, तथा आर्थिक उन्नतीका योजनाहरू अघि सारेका छन्।
  • त्रिभूवन विश्वविद्यालयको राजनीतिशास्त्र विभागका प्रा.

काठमाडौ– राजनीतिक दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरेका घोषणापत्र/प्रतिबद्धतापत्र मतदातालाई भ्रम छर्ने दस्तावेजका नमूना बन्ने देखिएका छन् । वर्षौदेखि उस्तै योजना र सपना अघि सार्दै भोट माग्दै आएका दलहरूले यस पटकको चुनावमा पनि आफूहरूले तयारी पारेका घोषणापत्रमा ठूला ठूला विकास, रोजगारीमूलक कार्यक्रम, तथा आर्थिक उन्नतीका योजनाहरू अघि सारेका छन्।

त्रिभूवन विश्वविद्यालयको राजनीतिशास्त्र विभागका प्रा.डा. गेहेन्द्रलाल मल्लले दलहरूका घोषणापत्र आफ्ना योजनाहरू उल्लेख गर्ने प्रतिबद्धता पत्र भए पनि ती देखावटी र स्वैरकल्पित भएको बताए । रेडियो नागरिकसँगको कुराकानीमा मल्लले भने, ‘घोषणापत्र खाली मतदाता झुक्याउनका लागि मात्रै तयार पार्ने गरिएको छ।’

निर्वाचनअघि मात्रै घोषणापत्रको चर्चा गर्ने तर निर्वाचनपछि घोषणापत्र एकपटक पनि नसम्झिने प्रवृत्ति राजनीतिक दलहरूमा रहेको मल्लको टिप्पणी छ । मल्लले  राजनीतिक दलहरू उनीहरूले सार्वजनिक गरेका योजनाहरूमा इमान्दार र जवाफदेही नभएको बताए । अहिले सार्वजनिक गरिएका घोषणपत्रमा निश्चित अवधिभित्र हजारौं मेगावाट विद्युत उत्पादन, लाखौँलाई रोजगारी, रेलमार्ग निर्माण र संचालन लगायतका योजनाहरू समावेश गरिएपनि यी योजना लागु गर्नेतर्फ दलहरू इमान्दार नभएको र आफ्नो सरकार नभएको भन्दै उनीहरूले जनतालाइ झुक्याउँदै आएको मल्लले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?