टिपर दुर्घटनामा चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
टिपर दुर्घटनामा चालकको मृत्यु

सारांश

  • रोल्पा, ८ पुस , रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
  • रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।
  • टिपर सडकबाट १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।

रोल्पा, ८ पुस , रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर सडकबाट १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । मृतक चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१६ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

रुइनिवाङ–सिर्प सडकखण्डमा बाटो विस्तारका लागि प्रयोग गरिएको उक्त टिपर सर्पा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सडक छेउमा माटो फाल्ने क्रममा उक्त टिपर भासिएर दुर्घटनामा परेको हो । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा ल्याइएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?