नांगा बाबाका चर्तिकला रोक्न माग गर्दै निवेदन
सारांश
- काठमाडौं, २९ माघ – शिवरात्रीको अवसरमा पशुपतिक्षेत्रमा देखिने नांंगा बाबाहरुको चर्तिकला रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।
- अधिवक्ता यज्ञमणी न्यौपानेले शिवरात्रीमा पशुपति क्षेत्र वरिपरि र अन्य शिवालयमा नागावावाको चर्तिकलाले महिला बालबालिका माथि यौनहिंसा साथै मनोवैज्ञानिक प्रभाव पर्ने भएकाले रोक लगाउन माग गर्दै रिट दर्ता गरेका हुन्।
- शिवरात्रीमा भाङ धतुरो, गाँजा चरेस जस्ता लागुपदार्थ सेवन गरेका खरानी दलेका नाङ्गा मानिसहरु बोलाई हिन्दु धर्मालम्बी शिवभक्त महिला बालबालिकामाथि ति नाङगा मानिसको लिङगमा दलेको खरानीको टिका लगाउन लगाउने, लिंगको प्रयोग गरि विभिन्न अश्लिल खेलहरु खेल्ने लगायतका क्रियाकलाप कानुन विपरित भएको रिट निवेदनमा उल्लेख गरिएको छ।
काठमाडौं, २९ माघ – शिवरात्रीको अवसरमा पशुपतिक्षेत्रमा देखिने नांंगा बाबाहरुको चर्तिकला रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। अधिवक्ता यज्ञमणी न्यौपानेले शिवरात्रीमा पशुपति क्षेत्र वरिपरि र अन्य शिवालयमा नागावावाको चर्तिकलाले महिला बालबालिका माथि यौनहिंसा साथै मनोवैज्ञानिक प्रभाव पर्ने भएकाले रोक लगाउन माग गर्दै रिट दर्ता गरेका हुन्।
शिवरात्रीमा भाङ धतुरो, गाँजा चरेस जस्ता लागुपदार्थ सेवन गरेका खरानी दलेका नाङ्गा मानिसहरु बोलाई हिन्दु धर्मालम्बी शिवभक्त महिला बालबालिकामाथि ति नाङगा मानिसको लिङगमा दलेको खरानीको टिका लगाउन लगाउने, लिंगको प्रयोग गरि विभिन्न अश्लिल खेलहरु खेल्ने लगायतका क्रियाकलाप कानुन विपरित भएको रिट निवेदनमा उल्लेख गरिएको छ। रिटमा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र पशुपति क्षेत्रविकास कोष लगायतलाई विपक्षी बनाइएको छ।
नागावावाहरुलाई अश्लिलरुपमा लिंग खुला राख्न राख्न नदिनु, खुला राखी बस्न नदिनु, नवसाउनु तथा महिला, बालबालिका समेतलाई लिङग छुवाउने, पूजा गराउने तथा लिंग प्रदर्शन गराउने कार्य बन्न गराउन रिटमा माग गरिएको छ।
शिवरात्रीको अवसरमा पशुपति लगायतका शिवालयहरुमा नागा वावाहरुलाई नाङगै हिडडुल गर्न, लिङगको खरानी दल्ने तथा दलिदिने लगायतका कार्य नगर्नु नगराउनु, धार्मिक पर्वका नाममा अश्लिलताको प्रदर्शनको लागि नेपाली रकम खर्चेर सीमापारबाट नाङगा वावाहरु ल्याउने कार्य बन्द गराउन माग छ।
प्रतिक्रिया