सदायको शव फेला, हत्याको आशंका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
सदायको शव फेला, हत्याको आशंका

सारांश

  • लहान, ८ फागुन, सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ ।
  • स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ ।
  • सदायको शव मृतकका सालो राजकपुर सदायले सनाखत गरेपछि शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिनुभयो ।

लहान, ८ फागुन, सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ ।

स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ ।

सदायको शव मृतकका सालो राजकपुर सदायले सनाखत गरेपछि शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिनुभयो ।

बगैँचामा भेटिएको सदायको शवको घाँटीमा निलडाम देखिएकाले कर्तव्य गरी हत्या भएको आशंका गरिएको प्रहरीको भनाइ छ । परीक्षणपछि मात्र यकिन भन्न सकिने प्रहरीले जनाएको छ ।

गाउँ नजिकै पर्ने खुट्टी खोलामा गिट्टी बालुवाको काम गरेर जीविका चलाउँदै आएका मृतक सदायकी श्रीमती लिखनीदेवी सदाय सुत्केरी हुने अवस्थामा रहेकी गाउँले बताउँछन् । चार छोराछोरीका बाबु सदाय पछिल्लो दुई महिनादेखि घर बाहिर बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ठकुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला प्रकरण : गृहमन्त्रीका छोरालाई पनि अनुशन्धान गर्न माग
निर्मला प्रकरण : गृहमन्त्रीका छोरालाई पनि अनुशन्धान गर्न माग
नेप्सेमा २८ अङ्कको गिरावट
नेप्सेमा २८ अङ्कको गिरावट
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने
गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान
गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान
दार्जिलिङमा फेरि तनाव : सुरक्षाकर्मीको गोलीले दुईको मृत्यु
दार्जिलिङमा फेरि तनाव : सुरक्षाकर्मीको गोलीले दुईको मृत्यु
विद्युत्को समयानुकूल महसुल तय गर्ने तयारी
विद्युत्को समयानुकूल महसुल तय गर्ने तयारी