पशुपति वृद्धाश्रमको बेहाल देखेपछि कड्किए सांसद
सारांश
- काठमाडौं।
- प्रतिनिधिसभाका सांसदहरुले पशुपतिनाथस्थित वृद्धाश्रमको उचित व्यवस्था गर्न नसकेपछि सरकारको चर्को आलोचना गरेका छन्।
- संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको आईतबारको बैठकमा बोल्दै सांसद कृष्णबहादुर राई र हिरा गुरुङले वर्षौंदेखि जीर्ण अवस्थामा रहेको पशुपति वृद्धाश्रमको उचित व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका हुन्।
काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले पशुपतिनाथस्थित वृद्धाश्रमको उचित व्यवस्था गर्न नसकेपछि सरकारको चर्को आलोचना गरेका छन्।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको आईतबारको बैठकमा बोल्दै सांसद कृष्णबहादुर राई र हिरा गुरुङले वर्षौंदेखि जीर्ण अवस्थामा रहेको पशुपति वृद्धाश्रमको उचित व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका हुन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राईले पशुपतिनाथबाट सो वृद्धाश्रम तत्काल अन्यत्र सार्न पनि सरकारसँग माग गरे । उनले नयाँ ठाउँमा नयाँ भवन बनाएर वृद्धाहरुको उचित स्याहार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
त्यसैगरी समितिकी अर्का सदस्य एवम् काँग्रेस सांसद हिरा गुरुङले पशुपति वृद्धाश्रमका वृद्धाहरुको उचित खानपानको समेत व्यवस्था हुन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनले चिसोमा न्यानो कपडाको वितरण सो वृद्धाश्रमका गरिएको छ कि छैन? भन्दै आक्रोश पोखिन्। सरकारले जीर्ण अवस्थामा रहेको पशुपति वृद्धाश्रम हालसम्म पनि मर्मत संहार नगरेकोमा सांसद गुरुङको आपत्ति छ ।
बैठकमा पशुपति वृद्धाश्रमका कार्यालय प्रमुख मनोजकुमार बस्नेतले वृद्धाश्रमका वृद्धवृद्धाहरुको खानापान, स्वास्थ्य उपचारलगायतको उचित व्यवस्था गरिएको दावी गरेका थिए। उनले नियमित स्वास्थ्य जाँचको समेत व्यवस्था सो वृद्धाश्रममा भइरहेको पनि समितिलाई जानकारी गराएका थिए।
सो वृद्धाश्रमको जीर्ण भवन समेत हालसम्म मर्मत हुन नसकेपछि महिला तथा सामाजिक समितिमा आवद्ध सांसदहरु सरकारप्रति आक्रोशित भएका हुन्।
सांसद राईले पशुपतिनाथबाट सो वृद्धाश्रम तत्काल अन्यत्र सार्न पनि सरकारसँग माग गरे । उनले नयाँ ठाउँमा नयाँ भवन बनाएर वृद्धाहरुको उचित स्याहार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

प्रतिक्रिया