राप्रपा र राप्रपा (प्रजातान्त्रिक)लाई ४-४ स्थान मात्रै, कुन कुन क्षेत्र पाए?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
राप्रपा र राप्रपा (प्रजातान्त्रिक)लाई ४-४ स्थान मात्रै, कुन कुन क्षेत्र पाए?

सारांश

  • काठमाडौं, १६ कार्तिक।
  • कांग्रेसले प्रतिनिधिसभाका ४ वटा क्षेत्रमा राप्रपालाई सघाउने र बाँकी क्षेत्रमा राप्रपाले कांग्रेसलाई सघाउने सहमति भएको छ ।
  • दुई दलबीच झापा–३ मा भने मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति भएको छ ।

काठमाडौं, १६ कार्तिक। कांग्रेसले प्रतिनिधिसभाका ४ वटा क्षेत्रमा राप्रपालाई सघाउने र बाँकी क्षेत्रमा राप्रपाले कांग्रेसलाई सघाउने सहमति भएको छ । दुई दलबीच झापा–३ मा भने मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति भएको छ ।

‘नेपाली कांग्रेस र राप्रपाबीच भएको लिखित सहमतिविपरीत कांग्रेसले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि झापा–३ बाट उम्मेदवार उठाउने निर्णय गरेकाले पछि सो स्थानमा दुवै दलबीच प्रतिस्पर्धा हुने भएको छ । ‘झापाबाहेक देशका सबै जिल्लामा कांग्रेससँगको सहकार्य यथावत् छ,’ राप्रपाका सह प्रवक्ता मोहन श्रेष्ठले भने ।

झापा–३ मा राप्रपाका तर्फबाट महामन्त्री राजेन्द्र लिङदेन र कांग्रेसका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार बन्दै छन्। कांग्रेसले राप्रपालाई दिएका चार स्थानमा पार्टीका तर्फबाट उम्मेदवार नउठाउने र राप्रपाले पनि ५ स्थानमा बाहेक अन्य स्थानमा उम्मेदवार नउठाउने सहमति पनि दुई दलबीच भएको छ ।

सहमतिअनुरूप राप्रपाले मकवानुपुर–१, बाँके–२, काठमाडौं–७ र दैलेख–१ मा पार्टीका तर्फबाट उम्मेदवारको नाम तय गरिसकेको गिरीले बताए । मकवानपुर–१ मा अध्यक्ष कमल थापा, बाँके–२ मा ओमप्रकाश आजाद, काठमाडौं–७ मा विक्रमबहादुर थापा र दैलेख–१ मा दीपककुमार शाही उम्मेदवार बन्दै छन् । प्रदेश सभामा भने तालमेल नगरी मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति बनेको गिरीले बताए ।

कांग्रेस वार्ता राप्रपा (प्रजातान्त्रिक)ले पनि चार स्थान प्राप्त गरेको छ । दुवै दलबीच भएको सहमतिअनुसार सिन्धुपाल्चोक–२, चितवन–३, रुपन्देही–२ तथा धनकुटामा कांग्रेसले उम्मेदवार नउठाउने र तीबाहेक स्थानमा राप्रपा प्रजातान्त्रिकले उम्मेदवार नउठाउने सहमति भएको बताए।

कांग्रेससंगको सहमतिअनुरूप राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दर्ता गरिसकेका छन्। रुपन्देही–२, चितवन–३ र धनकुटामा उम्मेदवार दर्ता गरिने उनले बताए । बोहोराले बिहीबार चितवन–३ बाट विक्रम पाण्डे, धनकुटाबाट सुनील थापा र रुपन्देही–२ बाट आफूले उम्मेदवारी दर्ता गर्ने निर्णय पार्टीले गरेको जानकारी दिए ।

(ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैँडा मर्ने क्रम बढेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड
गैँडा मर्ने क्रम बढेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड
प्रकृतिले साथ दिएन कांग्रेशलाई  सिरहामा मुसलधारे पानिले बिथोल्यो चुनाबि सभा ,
प्रकृतिले साथ दिएन कांग्रेशलाई सिरहामा मुसलधारे पानिले बिथोल्यो चुनाबि सभा ,
गृहमन्त्री बालकृष्ण खाँण कार्यबाहक प्रधानमन्त्री
गृहमन्त्री बालकृष्ण खाँण कार्यबाहक प्रधानमन्त्री
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य
छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा 
छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा 
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत
विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन
ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन