आज तिहारको दोस्रो दिन कुकुरको पूजा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आज तिहारको दोस्रो दिन कुकुरको पूजा

सारांश

  • काठमाडौं ।
  • आज नेपालीहरुको दोस्रो ठूलो तिहार पर्वको दोस्रो दिन कुकुर तिहार ।
  • यमपञ्चकको दोस्रो दिन भएकाले आज्ञापालक, भरपर्दो रक्षक मानिने कुकरलाई पूजा गरिंदैछ ।

काठमाडौं । आज नेपालीहरुको दोस्रो ठूलो तिहार पर्वको दोस्रो दिन कुकुर तिहार । यमपञ्चकको दोस्रो दिन भएकाले आज्ञापालक, भरपर्दो रक्षक मानिने कुकरलाई पूजा गरिंदैछ ।

कुकुरलाई यमराजको ढोकापालेको रूपमा पनि मान्ने पौराणिक विश्वास छ । पौराणिक मान्यता अनुसार श्याम र सवल नाम भएका दुईवटा कुकुरले यमलोक जाँदा ढोका खोलिदिन्छन् ।

घरमा कुकुर नपाल्नेहरु पनि कुकुरलाई खोजीखोजी पूजा गर्ने चलन छ । कुकुरलाई माला लगाइदिएर, मीठामीठा खानेकुरा दिएर पूजा गर्ने गरिन्छ ।

वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पुराणमा उल्लेख छ । आजभोलि भने मानिसले विभिन्न जातिप्रजातिका कुकुर पाल्ने गर्छन् । सोख अनुसार कुकुरका प्रजाति छानेर पाल्ने गरेको पाइन्छ ।

अन्य जनावरभन्दा कुकुरको सुँघ्न सक्ने क्षमता निकै बढी हुनाले कुकुरलाई घरपालेको रुपमा पाल्ने गरिन्छ । घरमा पालिँदा सधैंभरि चनाखो भएर पालेको रुपमा भूमिका निभाइरहेको हुन्छ ।
शत्रु र मालिकको सहजै पहिचान गर्ने क्षमता कुकुरमा रहेको मानिन्छ ।

हिन्दु धर्ममा कुकुरलाई भैरवका रुपमा पुजा गर्ने चलन छ । कुकुरलाई जघन्य अपराधी पक्राउ गर्नमा पनि सघाउ पुराउने गरेका छन् । नेपाल प्रहरीले पालेका कुकुरलाई कला प्रदर्शन गर्ने गरी र अपराधी पत्ता लगाउने काममा लगाउँदै आएका छन् । सुरक्षा निकायले कुकुरको क्षमताअनुसार पदीय दर्जा समेत दिएर कुकुर पूजागरी श्रद्धासुमनका साथ मनाउने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली गृहमन्त्रालयमा !
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : कांग्रेस
मेडिकल साइन्सको इतिहास कै दुर्लभ घटना
मेडिकल साइन्सको इतिहास कै दुर्लभ घटना
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प,  १४ लाख कार्ड थाप्न बाँकी
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तपाईंले छुटाउनुभयो कि?