आफैं उठ्न सक्ने अवस्था छैन, घाममा बसेर उड्या चरा खसाल्ने गफ दिने : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं, ७ साउन।
- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।
- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवशका अवसरमा नेकपाले राष्ट्रियसभागृहमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले एजेण्डाविहीन बनेपछि कांग्रेसले सरकारलाई अधिनायकवादीको आरोप लगाइरहेको बताए ।
काठमाडौं, ७ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झुटको खेती गरिरहेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवशका अवसरमा नेकपाले राष्ट्रियसभागृहमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले एजेण्डाविहीन बनेपछि कांग्रेसले सरकारलाई अधिनायकवादीको आरोप लगाइरहेको बताए ।
कांग्रेसको परिभाषामा अरु सरकारमा भए त्यो अधिनायकवाद हो, प्रधानमन्त्री ओलीले भने । साथै अाेलीले विसं २०४८ मा कांग्रेसले बहुमत ल्याएपछि उसको ३ वर्षे शासनमा कम्युनिष्ट पार्टीका ३० हजार कार्यकर्तालाई मुद्दा चलाएको स्मरण गर्दै कांग्रेसले अहिले आफूहरूलाई लोकतन्त्रको पाठ पढाउन नमिल्ने बताए । त्यतिबेला कांग्रेसले ३० हजार एमाले कार्यकर्तामाथि मुद्दा चलायो । गिरफ्तार नहुने कुनै नेता नै थिएनन् । घरबाट बाहिर निस्किनै नमिल्ने । ३ वर्षको अवधिमा म स्वयं २५/३० पटक गिरफ्तार भएँ, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आफू सानो छँदा सुनेको गफको प्रसंग जोडेर कांग्रेसमाथि कटाक्ष समेत गरेका छन्।म सानो हुँदा हाम्रा हजुरआमा र उहाँका साथीहरू बसेर कुरा गरेको सुन्थें । के भाका तिमीहरू ?तिमीहरूको बेलामा त हामी उड्या चरा समाउँथ्यौं भन्ने गफ गर्नुहुन्थ्यो । अहिले कांग्रेसको अवस्था त्यस्तै छ । आफ्नो एजेण्डा छैन । दृष्टिकोण छैन । आफैं उठ्न सक्ने अवस्था छैन । घाममा बसेर उड्या चरा खसाल्ने गफ लगाइरहेको छ ।’
प्रतिक्रिया